२८ जेठ २०८३, बिहीबार

इजिप्टको कायरोमा भवन भत्कियो– ४ जनाको मृत्यु, ५ घाइते

भदौ २१, २०८०
काठमाडौं
इजिप्टको कायरोमा भवन भत्कियो– ४ जनाको मृत्यु, ५ घाइते

कायरो-इजिप्टको राजधानी कायरोमा बुधवार एक भवन भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको इजिप्टको राज्य नियन्त्रित अहराम पत्रिकाले जनाएको छ । 

उक्त घटनामा अन्य पाँच जना घाइते भएका छन् । 

उत्तरी कायरोको हदेक अल–कुब्बा जिल्लामा रहेको चारतले भवनमा रहेका मृतक तथा घाइते सबै बासिन्दा एकै परिवारका हुन् ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको र भग्नावशेषमा फसेका मानिसहरुको यकिन सङ्ख्या अझै अज्ञात रहेको समाचारमा उल्लेख छ ।

सरकारी वकिलले दुर्घटनाको तत्काल अनुसन्धान गर्न आदेश दिएका छन् । गत जुलाईमा पनि सोही क्षेत्रमा एउटा पुरानो भवन भत्किँदा १३ जनाको मृत्यु भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्