
काठमाडौं, ३ असोज - क्षमादेवि ग्रुपका अध्यक्ष राजकुमार बस्नेत सम्मानित भएका छन् । उनलाई सिन्धुपाल्चोकको कमलादेवि आधारभूत विद्यालयले सम्मान गरेको हो । दुर्गम क्षेत्रमा रहेको उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा कुर्सी प्रदान गरेकोमा धन्यवाद सहित बस्नेतलाई विद्यालयले सम्मान गरेको हो ।
सामाजिक उत्तरदायित्व प्रति क्षमादेवीको प्राथमिकताब्यसायिक क्षेत्रमा आफुलाइ स्थापित गराउन सफल क्षमादेवी ग्रुपले सामाजिक क्षेत्रमा पनि उत्तिकै महत्व दिएको जनाएको छ ।
ग्रुपका अध्यक्ष ले आस्विन २ गते एक कार्यक्रमका बीच कमला देवि आधारभुत बिधालय मा पठनपाठन गर्ने निम्न आर्थिक अबस्थाका बिद्यार्थी हरुलाइ ड्रेस सहित कुर्सी टेबल सहयोग गर्दै यस्तो बताएका छन् ।
बिबिध सामाजिक काममा अग्रसर बस्नेतले बिध्यार्तीहरुलाई भबिस्यमा पनि सहयोगको बचन दिएका थिए ।
उनकै सक्रियता मा क्षमादेवी माध्यामिक बिध्यालयमा पनि विभिन्न सहयोग भइरहेको छ । उक्त बिध्यालयको प्रधानसंरक्षक पनि बस्नेतकै बुबा वीर बहादुर बस्नेत छन् ।