
ग्राण्डी अस्पतालले काठमाडौं– १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया)का कारण निधन भएको जनाएको छ ।
अस्पतालका मेडिकल निर्देशक डा विनोद बिजुक्छेले आज एक विज्ञपीत जारी गर्दै यस्तो बताएका हुन् ।
वडाध्यक्ष रिजालको आज बिहान ७ः३० बजे उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ ।
यसअघि महानगर स्रोतले डेंगु संक्रमणबाट रिजालको निधन भएको बताएको थियो । अहिले अस्पतालको आधिकारिक धारणा आएको हो ।
रिजाल नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष थिए ।
