२३ असार २०८३, मंगलबार

महेन्द्र यादवमाथिको आक्रमण र कान्ति अस्पतालको घटनाबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ

भदौ २१, २०८०
काठमाडौं
महेन्द्र यादवमाथिको आक्रमण र कान्ति अस्पतालको घटनाबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ
फाइल फोटो

​​सभामुख देवराज घिमिरेले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको घटनाबारे संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । ​

बिहीवार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले यादवमाथिको आक्रमणबारे सरकारको जवाफ माग गरेका थिए । 

त्यसपछि सभामुख घिमिरेले संसद्‌को आगामी बैठकमा घटनाबारे जानकारी गराउन रुलिङ गरेका हुन् । कांग्रेस महामन्त्री गगन थापा, संसदीय दलका मुख्य सचेतक रमेश लेखक लगायत विपक्षी दलका सांसदले समेत यादव माथिको घटनाको भर्त्सना गरेका थिए । 

यस्तै कान्ति बाल अस्पतालमा उपचार अभावमा ज्यान गुमाएकी ५ वर्षीया बालिका रेजिशा गोपालीको सम्बन्धमा जानकारी गराउन सभामुख घिमिरेले सरकारलाई निर्देशन दिए ।

राजधानीकै सरकारी अस्पतालमा पुगेर पनि उपचार अभावमा बालिकाको मृत्यु भएको घटना गम्भीर भन्दै सांसदहरूले दोषीमाथि कारवाहीको माग गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्