
काठमाडौं, ३ असोज – नौ वर्षअघि निर्माण घोषणा भएको सिनेमा ‘सूर्योदय – The sunrise Sonam and her husband's’ निर्माण हुने भएको छ ।
बहुपति (एकभन्दा बढी पति)को विषयमा निर्माण गर्न भनी ०६५ सालमा घोषणा भएको फिल्म घरको जेठो छोराले बिहे गरेपछि भाइले पनि पत्नी मान्नुपर्ने कथामा आधारित छ । फिल्मको कथामाथि अनुसन्धान गर्नुपरेकाले चलचित्र निर्माण हुन लामो समय लागेको अधिकारीले बताए ।
डोल्पाको उत्तर पूर्वी भेग, मनाङको उत्तर पश्चिम भेगतिर रहेको संस्कारलाई फिचर फिल्ममा कैद गर्न लागिएको हो । फिल्मलाई आठ करोडको बजेटमा निर्माण गर्न लागिएको जनाइएको छ ।