
नयाँ दिल्ली, ३ असोज– संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क पुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र अमेरिकी राष्ट्रपतिकी छोरी इभान्काबीच भेटवार्ता भएको छ ।
स्वराजसँगको भेटमा प्रभावित भएकी इभान्का मौन रहन सकिनन् र उनले स्वराजको प्रशंसा गर्न भ्याइन् । इभान्काले भनिन् ‘ म तपाइँबाट निकै प्रभावित छु ।’ ‘तपाईसँग भेट हुनु मेरो सौभाग्य हो’ उनले भनिन् ।
आगामी नोभेम्बरमा इभान्का जीइएस शिखर सम्मेलनमा भाग लिन अमेरिकी व्यवसायी प्रतिनिधीमण्डलसहित भारत आउने कार्यक्रम छ ।

स्वराजसँगको भेटमा इभान्काले महिला उद्यमशील उद्योगका बिषयमा छलफल गरिन् भने स्वराजको प्रशंसा समेत गर्न भ्याइन् । इभान्काले स्वराज एक जादूमयी विदेशमन्त्री भएको र उनले सबैलाई प्रभावित बनाउने क्षमता राख्ने बताइन् ।
स्वराज अमेरिकामा उच्चस्तरीय भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेकी छिन् । उनले २३ सेप्टेम्बरमा संयुक्त राष्ट्र महासभामा सम्बोधन गर्दै छिन् ।