२३ जेठ २०८३, शनिबार

कांग्रेस नेता प्रदीप गिरीको पूर्ण कदको प्रतिमा लहानमा अनावरण गरिँदै

भदौ २२, २०८०
सिरहा
कांग्रेस नेता प्रदीप गिरीको पूर्ण कदको प्रतिमा लहानमा अनावरण गरिँदै
फाइल फोटो

नेपाली कांग्रेसका नेता स्व. प्रदीप गिरीको पूर्ण कदको प्रतिमा सिरहाको लहान नगरपालिका–१४ स्थित गिरीको आश्रममा अनावरण गरिने भएको छ । 

उनको प्रथम वार्षिकोत्सवका अवसरमा आज एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त प्रतिमाको अनावरण गर्ने आयोजकले जनाएको छ ।

ट्रष्टका अध्यक्ष भारती सिलवाल गिरीले दिएको जानकारीअनुसार प्रधानमन्त्री प्रचण्ड दिउँसो हेलिकप्टरबाट आउने कार्यक्रम छ । 

लहान–१४ खुट्टी खोलाको छेउमा स्व. नेता गिरी विसं २०४६ सालपछि बस्दै आएका थिए । उक्त ठाउँलाई गिरीको आश्रम भनेर चिनिन्छ । उनी यस क्षेत्रका पूर्वसांसद पनि थिए । विसं २०७४ मा उनी निर्वाचित भएका थिए ।

नेपाली राजनीतिक वृत्तमा एक सरल र बौद्धिक नेताका रुपमा उनी चिनिन्छन् ।

गिरीको एक वर्ष पहिले काठमाडौंको मेडिसिटी हस्पिटलमा क्यान्सर सङ्क्रमणले उपचारका क्रममा निधन भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्