०८ साउन २०८३, शुक्रबार

ललितपुरमा महिला उद्यमी मेला : धनकुटाको छुर्पीदेखि मिथिलाको आर्ट्ससम्म [भिडियोसहित]

भदौ २२, २०८०
काठमाडौं
ललितपुरमा महिला उद्यमी मेला : धनकुटाको छुर्पीदेखि मिथिलाको आर्ट्ससम्म [भिडियोसहित]

ललितपुरको याक प्यालेसमा महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सामग्रीको मेला लागेको छ । जहाँ नेपाली कटनको कपडादेखि धनकुटाको छुर्पी र मिथिलाको आर्ट्ससम्म छन् । 

उक्त मेलामा ६० वटा स्टलमार्फत महिला व्यवसायीलाई सहभागी गराइएको छ ।

उक्त मेलामा अहिले उपभोक्ताको घुइँचो लागेको छ । मेलाबाट अर्गानिक पिठो, अचार, तितौरा, मस्यौरा लगायतका वस्तु तथा सामग्री किन्न सकिन्छ ।

null 

महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले मेला लगाइएको आयोजक साना तथा मझौला व्यवसायी महासंघले जनाएको छ ।

‘महिलाले दिदी–बहिनीले उत्पादन गरेको सामग्रीलाई प्राथमिकता दिएका छौं,’ साना तथा मझौला व्यवसायी महासंघकी अध्यक्ष इनु पौडेलले भनिन् । 

यही भदौ २४ सम्म लाग्ने उक्त मेलामा करिब १० हजार मानिस आउने प्रक्षेपण गरिएको अध्यक्ष पौडेलले बताइन् ।  

मेला हरेक दिन बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्म लाग्ने आयोजकले जनाएको छ ।

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्