राजविराज, ३ असोज - सप्तकोशी नगरपालिका–१ को वडाध्यक्षमा नेकपा(एमाले) का नारायणप्रसाद आचार्यको समूह विजयी भएको छ ।

निर्वाचन अधिकृत राजेन्द्र लम्सालका अनुसार ७६६ मत ल्याएर आचार्य विजयी भएको हो । वडा सदस्यमा एमालेकै तर्फबाट चन्द्रावती परियार, सुशीला चौधरी, कालुराम विष्ट र नारायण खड्का विजयी भएका छन् ।