×

NMB BANK
NIC ASIA

चिकित्सक अभावमा शल्यक्रिया सेवा बन्द

म्याग्दी | भदौ २५, २०८०

NTC
Premier Steels

जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पतालमा चिकित्सक अभावका कारण शल्यक्रिया सेवा बन्द भएको छ । शल्यक्रिया सेवा दिँदै आएका चिकित्सकको अन्यत्र सरुवा भएर गएका र अर्का चिकित्सक नआएकाले एक हप्तायता जोमसोम अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको हो । 

Muktinath Bank

जटिल अवस्थाका गर्भवतीलाई बेनी, बागलुुङ र पोखरा पुुग्नुुपर्ने अवस्था सिर्जना भएको हो । अस्पतालमा आठ महिनादेखि कार्यरत चिकित्सक डा मुुखिया घले सरुवा भएर गएपछि चिकित्सक अभावमा शल्यक्रिया सेवा उपलब्ध गराउन नसकिएको अस्पतालका सूचना अधिकारी एकराज बस्नेतले बताए ।  “भौगोलिक विकटताका कारण मुस्ताङमा दक्ष र अनुभव प्राप्त चिकित्सक आउनै नमान्ने र आएपछि छिट्टै सरुवा भएर अन्य जाने समस्याले सेवा प्रभावित भएको छ,” उनले भने, “शल्यक्रिया सेवाको निरन्तरताका लागि जनशक्तिको स्थिरता आवश्यक छ ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थापनाको ४८ वर्षपछि शल्यक्रिया सेवा सुरु गरेको मुस्ताङ अस्पतालले गत वर्ष छ जनालाई शल्यक्रियामार्फत प्रसूति सेवा दिएको थियो । यसैगरी बिग्रिएको उपकरण मर्मत नहुँदा २५ शय्या क्षमताको मुस्ताङ अस्पतालको भिडियो एक्स–रे सेवा पनि बन्द भएको छ । 


Advertisment
Nabil box
Kumari

जनशक्ति र पूर्वाधार भने १५ शय्या बराबरको रहेको छ । मुुस्ताङ अस्पतालमा नवौँ तहका एकजना चिकित्सकको नेतृत्वमा विभिन्न तहका १८ जना जनशक्तिको दरबन्दी छ । एक चिकित्सक, एक अनमी र ६ जना कार्यालय सहयोगीको पदपूर्ति भएको छैन । 

Vianet communication

    जनशक्ति अभावमा प्रयोगशाला, भिडियो एक्स–रे, आकस्मिक, फार्मेसी सेवा प्रभावित बनेको छ । सूचना अधिकारी बस्नेतका अनुसार सबै सेवालाई नियमित सञ्चालन गर्न न्यूनतम २० जना जनशक्ति आवश्यक छ । चिकित्सक र अन्य जनशक्ति जति सक्दो छिटो पठाउनका लागि गण्डकी प्रदेशको सामाजिक तथा स्वास्थ्य मन्त्रालयमा अनुुरोध गरिएको जिल्ला समन्वय समिति मुुस्ताङका प्रमुख माया गुुरुङले बताइन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x