३२ असार २०८३, बिहीबार
दु:खद् खबर

पूर्वसभामुख सुवास नेम्वाङको हृदयघातबाट निधन

भदौ २६, २०८०
काठमाडौं
पूर्वसभामुख सुवास नेम्वाङको हृदयघातबाट निधन

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको छ ।

नेम्वाङको निधन भएको एमाले उपाध्यक्ष विष्णु पौडेलले लोकान्तरलाई जानकारी दिए । 

प्रतिनिधि सभा सदस्य समेत रहेका नेम्वाङको हृदयघातका कारण सोमवार राति झण्डै साढे २ बजेको समयमा निधन भएको नेकपा एमालेका नेताहरूले जनाएका छन् । 

बालुवाटारस्थित निवासमा हृदयघात भएलगत्तै उनलाई महाराजगञ्जस्थित त्रिवी शिक्षण अस्पतालमा लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए । 

‘घरमै हृदयघात भएका सुवास नेम्वाङलाई अस्पताल ल्याएपछि राति साढे २ बजे चिकित्सकले मृत घोषणा गरेछन्’ त्रिवी शिक्षण अस्पतालमा रहेका पौडेलले लोकान्तरसँग भने । नेम्वाङको निधनपछि एमाले नेताहरू शिक्षण अस्पताल पुगेका छन् ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा इलामबाट विजयी नेम्वाङ नेकपा एमाले संसदीय दलका उपनेता थिए ।

२०७९ फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा एमालेको तर्फबाट प्रत्यासी थिए । 

२०६३ सालमा सम्पन्न जनआन्दोलनबाट पुनस्थापित प्रतिनिधि सभाको सभामुख बनेका नेम्वाङ त्यसपछि २०६४ र २०७० सालको संविधान सभाका अध्यक्ष थिए । 

वरिष्ठ अधिवक्ता समेत रहेका नेम्वाङ प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति समेत बनेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्