२७ जेठ २०८३, बुधबार

नेम्वाङको निधनपछि एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

भदौ २६, २०८०
काठमाडौं
नेम्वाङको निधनपछि एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि आकस्मिकरूपमा पार्टीको सचिवालय बैठक बस्न लागेको हो । 

सचिवालय बैठक आज बिहान ११ बजे पार्टी मुख्यालयमा बस्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो । उनको पार्थीव शरीरलाई अहिले केहीबेरमा ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलीका लागि ल्याउने तयारी छ । 

salt training

कमेन्ट गर्नुहोस्