०३ असार २०८३, बुधबार

बूढानीलकण्ठका प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

भदौ २६, २०८०
काठमाडौं
बूढानीलकण्ठका प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर
फाइल फोटो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रभाग बूढानीलकण्ठ काठमाडौंमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका सिंहविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रवक्ता दाहालका अनुसार सिंहले खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापनका लागि सहजीकरण गरिदिने भन्दै घुस मागेका थिए ।

अनुसन्धानका क्रममा आयोगको टंगालबाट खटिएको टोलीले सिंहलाई सेवाग्राहीबाट लिएको एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।

उनीविरुद्ध सोही बराबरको बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्