२१ असार २०८३, आइतबार

नेम्वाङको पार्थिव शरीर भोलि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने

भदौ २६, २०८०
काठमाडौं
नेम्वाङको पार्थिव शरीर भोलि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने

संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पणका लागि भोलि दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिने भएको छ ।

एमालेले मंगलवार एक सूचना जारी गर्दै नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न भदौ २६ गते साँझ ५ बजेसम्मको समय मिलाइएकाे जानकारी दिएको हो ।

साथै २७ गते बुधवार बिहान ९ बजेदेखि १ बजेसम्म श्रद्धाञ्जली अर्पण गर्न सकिने एमालेले जनाएको छ ।

‘नेकपा (एमाले)का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण आज (२०८० भदौ २६ गते) अपरान्ह ५ बजेसम्म जारी रहनेछ । साथै, भोलि बिहान ९ बजेदेखि १ बजेसम्म श्रद्धाञ्जली अर्पण गर्न सकिने व्यवस्था गरिएको सूचित गरिन्छ ।’ एमाले केन्द्रीय कार्यालयद्वारा जारी सूचनामा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्