२२ जेठ २०८३, शुक्रबार

फिल्म ‘एक भागवत र एक गीता’को गीत सार्वजनिक

भदौ २६, २०८०
काठमाडौं
फिल्म ‘एक भागवत र एक गीता’को गीत सार्वजनिक

झरना थापा निर्देशित फिल्म ‘एक भागवत र एक गीता’को गीत सार्वजनिक भएको छ ।

फिल्म प्रदर्शनको ३ दिनअघि मंगलवार ‘झिझिया’ शीर्षकको गीत सार्वजनिक गरिएको हो । यो गीतको भिडियोमा फिल्मका शीर्ष कलाकार विपिन कार्की र सुहाना थापालाई प्रस्तुत गरिएको छ । जनकपुरको जानकी मन्दिरमा यस गीतको छायांकन गरिएको हो । 

गीतमा नेहा प्रियादर्शिनी र प्रवेश मल्लिकको स्वर छ । गीतमा संगीत पनि प्रवेशले नै भरेका छन् । सुहानाको कन्सेप्ट, झरनाको कथा रहेको फिल्म सुनिलकुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।

फिल्ममा विपीन र सुहानाका साथमा धिरज मगर, जेभिस श्रेष्ठ, जेभिन श्रेष्ठ, कविर खड्का, संजोग रसाइली, अनुराग कुँवर, रेअर राई लगायतको अभिनय छ । 

यही शुक्रवार अर्थात् भदौ २९ गतेदेखि फिल्म प्रदर्शनमा आउनेछ । यसअघि ‘एक भगवत् गीता’ नाम रहेकोमा यसलाई केही परिवर्तन गरेर फिल्म प्रदर्शनमा ल्याउन लागिएको हो । सामाजिक कथामा बनेको यो फिल्म सेन्सर पास भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्