
धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाका भाइमाथि घरमै आएर आक्रमण भएको छ ।
उपमेयरका भाइ विष्णु बेघामाथि घरमै प्रवेश गरेर खुकुरी प्रहार भएको सुनसरीका एसपी नारायणप्रसाद चिमोरियाले लोकान्तरलाई जानकारी दिए ।
धरान १५ सूर्यवस्तीस्थित घरमै आएर अज्ञात समूहले विष्णुमाथि खुकुरी प्रहार भएको थियो । उनको गालामा चोट लागेको छ ।
बेघाका भाइ विष्णु बेघामाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।
आक्रमणमा संग्लग्न करिब २० जनाको खोजी कार्य भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको एसपी चिमोरियाले बताए ।