
गत भदौ १० गतेदेखि बेपत्ता डोल्पाको दुनैस्थित नन्दबक्स गुल्मका मेजर विमल पण्डितको शव फेला परेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ अन्तर्गत चिन्डेबगरस्थित भेरी नदीको किनारमा मंगलबार मेजर पण्डितको शव फेला परेको हो ।
भेरीमा माछा मार्ने क्रममा त्रिपुरासुन्दरी-५ का स्थानीयले किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोल्पा ल्याउन लागिएको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी नायव निरीक्षक रुद्रबहादुर शाहीले बताए।
उनी इभिनिङ् वाक जान्छु भन्दै भदौ १० गते हतारहतारमा साँझ पख गुल्म छोडेर हिँडेका थिए ।