काठमाडौं, ४ भदौ— ८.१ रेक्टरस्केलको भूकम्प गएको दुई सातापनि बित्न नपाउँदै मेक्सिकोमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ । मंगलबार गएको ७.१ रेक्टरस्केल मापन गरिएको भूकम्पमा परी कम्तीमा १३० जनाको मृत्यु भएको बीसीसीको अनलाइन संस्करणमा उल्लेख छ ।

समाचारहरुमा जनाइएअनुसार मध्य मेक्सिको केन्द्रबिन्दु भएर सो भूकम्प गएको हो । भूकम्पबाट मेक्सिको सिटीकै पनि दर्जनौं घरहरु भत्किएका छन् । भूकम्पले मेक्सिको सिटीसँगै मोरलियोस र पुएब्ला प्रान्तमा ठूलो क्षति पुगेको बताइएको छ ।
अहिले खोजी तथा उद्दार कार्य जारी छ र भग्नावशेरहरुमा धेरै मानिस फसेको हुन सक्ने आशंका गरिएको छ ।
दुई साताअघि देशको दक्षिणी भागमा गएको विनाशकारी भूकम्पमा ९० जनाको मृत्यु भएको थियो ।