२० असार २०८३, शनिबार

जलेश्वर–१ मा लोकतान्त्रिक फोरम विजयी

कात्तिक २०, २०७४
जलेश्वर–१ मा लोकतान्त्रिक फोरम विजयी

गौशाला, ४ असोज– महोत्तरी जलेश्वर नगरपालिका–१ को वडाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ ।

मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार जलेश्वर नगरपालिका–१ को वडाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका अनिल झा २८६ मत ल्याएर विजयी भएका हुन् ।

त्यस्तै, उनका निकटतम प्रतिद्वन्दी राजपाका राकेशकुमार साहले २१६ मत ल्याए ।

यसैगरी, सो वडाको एक वडा सदस्य, दलित महिला सदस्य पनि नेपाल लोकतान्त्रिक फोरमले नै जितेको छ भने एक सदस्य राजपाले जितेको छ । दुईजना वडा सदस्य पदका उम्मेदवारको मत बराबर भएकोमा गोलाप्रथाबाट चयन गरिने मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्