२३ जेठ २०८३, शनिबार

अरबानीया भ्यानको बिक्री वितरण शुरू, ‘नाडा अटो शो’मा बुकिङ गर्दा विशेष छुट

भदौ २७, २०८०
काठमाडौं
अरबानीया भ्यानको बिक्री वितरण शुरू, ‘नाडा अटो शो’मा बुकिङ गर्दा विशेष छुट

नेपालमा फोर्स कम्पनीको अरबानीया भ्यानको बिक्री वितरण शुरू भएको छ । 

नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले ‘नाडा अटो शो’बाट यसको बिक्री वितरण शुरू गरेको हो ।

भारतमा अत्यधिक माग रहेको र नेपालमा सर्वाधिक व्यक्तिहरूको पर्खाइमा रहेको अरबानीया मंगलवारबाट बिक्री–वितरण शुरू गरिएको कम्पनीले जनाएको छ ।

यस भ्यान नेपालमा आयातीत माइक्रोबसहरू मध्यमा सबैभन्दा प्रिमियम सुविधायुक्त रहेको छ । साथै कार जस्तै आरामदायी रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार विश्व प्रशिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको अरबानीयामा सोही कम्पनीको इन्जिन, गेयरबक्स तथा एक्सल जडान गरिएको छ ।

null

आकर्षक र सुविधा सम्पन्न अरबानीया १५ र १८  सिट क्षमतामा उपलब्ध छन् ।

कम्पनीका अनुसार १५ सिट भ्यानको मूल्य ८२ लाख ९९ हजार र १८ सिटको भ्यानको ८६ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

निर्धारित मूल्य केही समयको लागि मात्र लागू हुने कम्पनीले जानकारी दिएको छ ।

साथै ‘नाडा अटो शो’मा बुकिङ्ग गर्नेहरूको लागि आकर्षक छुट सुविधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

फोर्स मोटर्सका नेपालमा २२ वटा प्रमुख स्थानहरूमा डिलर तथा सर्भिस सेन्टरहरू रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्