
नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई एक्स्ट्रा–एसयूभी सार्वजनिक गरेको छ ।
भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२३’ मा मंगलवार अर्थमन्त्री प्रकाशशरण महतले एसएक्स भेरियन्टको हुन्डाई एक्स्ट्रा-एसयूभी अनावरण गरेका हुन् । अब चाँडै नै अरू भेरियन्टसहित विक्री वितरण शुरु गरिने कम्पनीले जनाएको छ।
कम्पनीको मोडेल लाइनअपमा पहिलो एसयूभी रहेको हुन्डाई एक्स्ट्रा ५ सिटर कम्प्याक्ट एसयूभी हो । अब इ, एस, एसएक्स, एसएक्स (ओ) गरी चार भेरियन्टमा हुन्डाई एक्स्ट्रा ल्याइने कम्पनीले जनाएको छ ।
हुन्डाई एक्स्ट्रामा आकर्षक ड्यासबोर्ड, उत्कृष्ट तरिकाले दिइएको एसी भेन्ट, इन्फोटेन्मेन्ट स्कृन, डोर ट्रिम लेआउट, क्लाइमेट कन्ट्रोल नब, थ्री स्पोक स्टेरिङ ह्वील र डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पाउन सकिन्छ ।
हुन्डाई एक्स्ट्रामा क्रुज कन्ट्रोल, ६ वटा एयरब्याग, इलेक्ट्रिक शनरुफ, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्री जस्ता फिचरहरु दिएर फुल्ली लोडेड एसयूभी बनाएको छ ।
बक्सी डिजाइनमा रहेको एक्सटरमा १.२ लिटर नेचेरल्ली एस्पीरेटेड इन्जिन, अलोय ह्वील, एच आकारमा आकर्षक डीआरएलएस दिइएको छ ।
१८५ एमएम ग्राउन्ड क्लेयरेन्स र १९.२ किलोमिटर प्रतिलिटर माइलेज पाउन सकिन्छ । यसलाई ६ कलर अप्सनमा ल्याउने कम्पनीले जनाएको छ ।