
टाटा मोटर्स प्यासेन्जर भेहिकलले ‘नाडा अटो शो’ लाई लक्षित गरेर बहुप्रतीक्षित तीन वटा गाडीहरू सार्वजनिक गरेको छ । जसमा टाटा टियागो ईभी र टाटा नेक्सन ईभी एक्स जेट प्लस र टाटा पन्च रहेका छन् ।
टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटाका बहुप्रतीक्षित गाडीहरू सार्वजनिक गरेको हो ।
राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी १५औं संस्करणको शोमा यी उत्पादनहरूको विक्री वितरण भइरहेको छ ।
अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो ईभीमा पाँचवटा मुख्य विशेषताहरू रहेका छन् ।
जसमा कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ्ग र आरामदायीता रहेका छन् । क्रुज कन्ट्रोलसहितको टियागो ईभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत विशेषताहरू रहेका छन् ।
यो गाडीको इन्टेरिएर आरामदायी तथा एक्स्टेरिएर आकर्षक रहेको छ । यस टियागो ईभी सीमित अवधिका लागि शुरूवाती मूल्य २१ लाख ९९ हजार रुपैयाँ राखिएको छ ।
यस्तै, अर्को गाडी नेक्सन ईभी एक्स जेट प्लस को ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३ किलोमिटर रहेको छ । टियागो ईभी अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयूभीको बनावट आकर्षक रहेको छ ।
नेक्सन ईभी म्याक्स एक्स जेड प्लसको शुरूवाती मूल्य ४५ लाख ९९ हजार रुपैयाँ राखिएको छ ।
