
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सरेको छ ।
यसअघि २ असोजका लागि तय भएको बैठक ४ असोजमा बस्ने गरी सारिएको कांग्रेसले जनाएको छ ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८० असोज २ गते पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, वीपीनगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०८० असोज ४ गते दिउँसो १ बजे बस्ने भएको छ’ केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’
बैठकमा समसामयिक राजनीति, आन्तरिक पार्टी संरचना, अभियानसहितका विषयमा छलफल हुने बताइएको छ ।
यसअघि कांग्रेसको केन्द्रीय समिति बैठकले दुई/दुई महिनामा नियमित बस्ने तालिका अनुसार नै बैठक बोलाइएको थियो ।