
वीरगञ्ज, ४ असोज - पर्साको वीरगञ्ज महानगरपालिकामा झण्डै चार हजार मत गनिसक्दा ४ हजार मात्रै मत गनिएको छ । ६ वटा वडाको मत एकै पटक गन्न सुरु गरिएको वीरगञ्जमा अहिले राजपा नेपालले अग्रता कायम गरेको छ ।
९ बजे सम्मको परिणाम अनुसार राजपाका मेयर पदका उम्मेदवारले १२ सय ३६ मत ल्याएका छन् ।
नेपाली कांग्रेसले ९ सय ६३ मत ल्याएको छ भने संघीय समाजवादी फोरमले ४ सय ५० मत ल्याएको छ । वीरगञ्जमा राजपाले मतको अन्तर फराकिलो बनाउँदै लागेको छ भने बलियो शक्ति मानिने कांग्रेसलाई संकट परिरहेको छ ।