०३ असार २०८३, बुधबार

प्रचण्डको चुनावी क्षेत्रमा माओवादीको अग्रता

कात्तिक २०, २०७४
प्रचण्डको चुनावी क्षेत्रमा माओवादीको अग्रता

सिराहा ४ असोज— माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनावी क्षेत्रमा पर्ने सिराहाको मिर्चैया नगरपालिकाको मेयरमा माओवादीका उम्मेदवारले अग्रता लिएका छन् ।

बुधवार बिहानसम्म माओवादी केन्द्रका मेयरका उम्मेदवार श्रवण कुमार यादवले १ हजार ६ सय १५ तथा
उपमेयरकी उम्मेदवार जीवछी देवी साहले १६०० मत प्राप्त गरेकी छन् ।

संघीय समाजवादी फोरमबाट जमुना यादवले १ हजार १ सय ४, नेकपा एमालेका प्रदीप महासेठले १ हजार १ सय ३६ तथा नेपाली कांग्रेसका सीताराम यादवले ५ सय २६ मत प्राप्त गरेका छन् ।

प्रचण्डले चुनाव जितेको साविकको सिराहा २ का अन्य स्थानीय तहमा पनि माओवादीको अग्रता देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्