१४ असार २०८३, आइतबार

माधव नेपालको जिल्लामा कांग्रेसकाे अग्रता, एमाले कति ठाउँमा अगाडि ?

कात्तिक २०, २०७४
माधव नेपालको जिल्लामा कांग्रेसकाे अग्रता, एमाले कति ठाउँमा अगाडि ?


रौतहट– प्रदेश नम्बर दुईमा सोमबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणना अपडेट अनुसार राैतहट जिल्लामा १८ स्थानीय तह रहेका छन् । जसमध्ये धेरै स्थानीय तहमा नेपाली कांग्रेसले अग्रता बनाएको छ । उसलाई माओवादी केन्द्रले पछ्याइरहेको छ ।

आज विहानसम्मको मतगणना अनुसार कांग्रेस आठमाओवादी ६ र संघीय समाजवादी फोरम तीन स्थानमा आगाडि छन् । त्यस्तै नेकपा एमाले दुई स्थानीय तहमा अगाडि छ ।

कांग्रेसले फतुवा विजयपुर, चन्द्रपुर,परोहा, इशनाथ, गढीमाई, राजदेवी, गरुडा नगरपालिकाका साथै दुर्गाभगवती गाउँपालिकामा अग्रता लिएको छ । माओवादी केन्द्रले राजपुर, कटहरिया, मौलापुर नगरपालिका लगायतकोे साथै यमुनामाई गाउँपालिकामा अग्रता लिएको छ ।

संघीय समाजवादी फोरमले बौधीमाई, माधवनारायण र देवाही गोनाही नगरपालिकामा अग्रता कायम राखेको छ। त्यस्तै गौर नगरपालिकामा एमाले अगाडि छ ।

रौतहट नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको गृह जिल्ला समेत हो । माधव कुमार नेपालले रौतहट पुगर मदतान समेत गरेका थिए ।

एमालेको गृह नगर भएका कारण नेकपा एमालेले रौतहटमा बढी स्थानीय तह जित्ने आकलन गरेको थियो । तर, प्रारम्भिक मतगणनामा एमाले चौंथो स्थानमा पुगेको छ ।

मतगणना लाइभ अपडेट यहाँ हेर्नुस्

salt training

कमेन्ट गर्नुहोस्