१८ असार २०८३, बिहीबार

बुबाको हत्या आरोपमा एक जना पक्राउ

भदौ २९, २०८०
दाङ
बुबाको हत्या आरोपमा एक जना पक्राउ

दाङमा बुबाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसी छन् । 

५१ वर्षीय प्रेमबहादुर केसीको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिए। उनीहरू बाबु–छोरा हुन् ।

प्रहरी नायब उपरीक्षक मल्लका अनुसार छोराको कुटपिटबाट सख्त घाइते भएका प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको थियो ।

सन्तोषलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्