×

NMB BANK
NIC ASIA

बजेट कार्यान्वयनको तालिका प्रभावित

सरकारी अकर्मण्यताले विकास निर्माण ठप्प, १८ लाख मजदुरलाई दशैं मान्न समस्या

काठमाडाैं | भदौ २९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारी अकर्मण्यताले तीन महिनाभन्दा लामो समयदेखि विकास निर्माणको काम ठप्प भएको छ ।

Muktinath Bank

सरकारले निर्माण व्यवसायीलाई दिनुपर्ने भुक्तानी रोकेको, निर्माणाधीन आयोजनाको लागतभन्दा कम बजेट विनियोजन गरेको, खर्च भइसकेको बजेटअन्तर्गतको भुक्तानी पनि समयमा नै नपाएको सहितका कारण देखाएर व्यवसायीले काम रोकेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्माण व्यवसायीले गत आर्थिक वर्ष २०७९/८० सम्मको भुक्तानी माग गरेर आन्दोलन गर्दा पनि सरकारले सुनेको छैन । सरकारले व्यवसायीको माग सम्बोधन गर्ने, बजेट निकासा गर्ने र व्यवसायीको रोकिएको ५० अर्ब रुपैयाँ तत्कालै भुक्तानी गर्ने सहमति भएको १५ दिन बितिसक्दा समेत उक्त सहमति कार्यान्वयनमा गएको छैन । 


Advertisment
Nabil box
Kumari

आश्वासन दिने तर, जायज माग सम्बोधन नगर्ने समस्याका कारण विकास निर्माणको काम ठप्प भएको नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले बताए ।

Vianet communication
Laxmi Bank

उनले भने, ‘गत असार मसान्तअगाडि काम सम्पन्न भइसकेका आयोजनालाई भुक्तानी गर्न रकमान्तर प्रक्रिया नै अगाडि बढेर पनि रोकिएको १० अर्ब र अघिल्ला वर्षदेखि नै भुक्तानी हुन नसक्दा रोकिएको थप ४० अर्ब गरेर कुल ५० अर्ब रुपैयाँ व्यवसायीले पाएका छैनन् ।’

व्यवसायीले पाउनुपर्ने भुक्तानी रोकिएको हुँदा एकातर्फ यो वर्ष हुनुपर्ने काम हुन समस्या देखिएको छ भने अर्कातर्फ गत वर्षकै पैसा नपाउँदा आन्दोलित हुनुपरेको दाहालको भनाइ छ । 

उनका अनुसार अहिले पूर्वाधार निर्माणका लागि तयारी गर्ने र निर्माण भइरहेका बहुवर्षीय आयोजनाको काम निरन्तर अगाडि बढिरहनुपर्ने समय हो । तर, यही बेला सरकारले निर्माण व्यवसायीलाई विभिन्न समस्यामा पारेर चिढ्याएका कारण कुनै पनि विकास निर्माणको काम हुन नसकेको निर्माण व्यवसायी महासंघका महासचिव दाहाल बताउँछन् ।

सरकारले काम गरेको रकम भुक्तानी रोकेका कारण निर्माण व्यवसायी आन्दोलित हुन पुगेका हुन् । निर्माण व्यवसायीको आन्दोलनकै कारण एकातर्फ विकास निर्माणको काम रोकिएको छ भने अर्कातर्फ चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको तालिका समेत प्रभावित भइसकेको छ ।

अर्थ मन्त्रालयले १ साउनमा जारी गरेको बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनअनुसार असोज मसान्तभित्र बोलपत्र आव्हानसमेत गरिसक्नुपर्ने हुन्छ । यो व्यवस्थाअनुसार स्वीकृत आयोजनाहरूको तयारीका चरणहरू पूरा गर्नुपर्ने, वार्षिक खरिद योजना, विस्तृत डिजाइन र लागत तयार गरेर असोजभित्रै बोलपत्र आव्हानसमेत गरिसक्नुपर्ने हो । 

अर्थ मन्त्रालयले बर्सेनि असोज र कात्तिकको समसयीमा दिएर बोलपत्र आह्वान गर्नुपर्ने व्यवस्था गर्ने गरेको भए पनि सरकारकै कमजोरीका कारण निर्माणका काम झन् पछाडि धकेलिने गरेका छन् । यो वर्ष पनि सरकारले निर्माण व्यवसायीको माग अहिलेसम्म पूरा नगरेकै कारण न व्यवसायीले थप तयारी गर्न पाएका छन्, न त सरकारले नै विश्वासको वातावरण बनाउन सकेको छ । 

चालू आर्थिक वर्षको दुई महिना सकिएको छ । यो अवधिमा चालू आवको काम गर्नका लागि कुनै तयारी नभएकाले असोजमा ठेक्का आव्हान गर्नुपर्ने समयतालिका प्रभावित भइसकेको दाहालले बताए ।

सरकारले सूर्यविनायक– धुलिखेल सडक विस्तार गर्दा लाग्ने लागत ७ अर्ब रुपैयाँ अनुमान गरेको छ, तर त्यसका लागि बजेट भने जम्मा ४० करोड रुपैयाँ मात्रै विनियोजन गरेको छ । यो रकम काम शुरू गरेको दुई महिनालाई पनि पुग्दैन, थप काम गर्दा सरकारले भुक्तानी दिँदैन भने काम रोके विकास निर्माण ठप्प हुन्छ । 

यस्तो समस्यालाई सम्बोधन गर्ने काम सरकारकै भएको दाहाल बताउँछन् । उनका अनुसार सरकारले लागतको तुलनामा १० प्रतिशत पनि बजेट नदिने गरेकै कारण निर्माण व्यवसायीले चाहेर पनि काम गर्न नसक्ने अवस्था छ ।

नेपाल निर्माण व्यवसायी महासंघले हालसम्म अधुरा भएका आयोजनालाई बजेट व्यवस्था गर्नुपर्ने वा खारेज गरेर सबै नयाँ प्रक्रियामा जानुपर्ने माग पनि गरिरहेको छ ।

हाल देशभर १० हजारको हाराहारीमा आयोजना अलपत्र अवस्थामा छन् । यी आयोजना पूरा गर्ने हो भने दुई वर्षसम्म नयाँ आयोजना नल्याउने र पुरानालाई प्राथमिकता दिएर बजेट निकासा गर्नुपर्ने माग महासंघले गरेको छ ।

१८ लाख मजदुरलाई दशैं मान्न समस्या

सरकारले समयमा काम दिन नसकेका कारण लाखौं निर्माण मजदुर कामविहीन भएको व्यवसायीको गुनासो छ ।

महासंघका अनुसार प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा २० लाख मजदुर निर्माण क्षेत्रमा जोडिएका छन्, त्यसमध्ये मुस्किलले २ लाखले मात्रै काम पाइरहेको अवस्था छ ।

१८ लाखभन्दा बढी मजदुर बेरोजगार हुँदा नजिकिँदै गएको दशैं मान्न उनीहरूलाई समस्या छ । तत्कालै काम पाइने अवस्था नभएको र कामविहीन भएर लामो समय बस्नुपरेका कारण निर्माण मजदुरहरू मारमा रहेको दाहालले बताए ।

नेपाल निर्माण व्यापार संघका अध्यक्ष माणिकरत्न तुलाधर पनि गत वर्षको तुलनामा यो वर्ष निर्माण व्यवसाय निकै प्रभावित भएको बताउँछन् ।

तुलाधरले भने, ‘अर्थतन्त्रको एक चेन ब्रेक हुँदा अर्को, अर्को गर्दै धेरै क्षेत्रमा असर पुग्छ । निर्माण व्यवसायमा परेको प्रभावका कारण उद्योगी, व्यवसायी हुँदै मजदुरसम्मलाई असर पर्दै आएको छ ।’

सरकारले निर्माण व्यवसायलाई रोक्दा राजस्व संकलनमा समेत असर देखिएको उनले बताए ।

यता स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी वसन्तराज तिवारी भने सम्झौताअनुसार नै निर्माण व्यवसायीहरूको बक्यौता भुक्तानी हुने बताउँछन् ।

‘अर्थमन्त्रालयकै समन्वयमा निर्माण व्यवसायीहरूसँग सहमति भएको हो । सम्झौताअनुसार नै भुक्तानी गरेर काम सुचारु गर्न प्रतिबद्ध छौं,’ तिवारीले भने ।

नयाँ ठेक्काका लागि गर्नुपर्ने काम नरोकिने र समयभित्रै हुने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x