
यशोदा फुड्सले करेन्ट नुडल्सको ब्रान्ड एम्बेस्डरमा नायिका केकी अधिकारीलाई नियुक्त गरेको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कम्पनीले ब्रान्ड एम्बेस्डरको घोषणा गरेको हो । ब्रान्ड एम्बेस्डर घोषणा कार्यक्रममा नायिका अधिकारीका साथै कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
यशोदा फुड्स प्रालिले सन् २०१७ मे महिनादेखि आफ्नो व्यवसायको थालनी गरेको थियो । शुरूवाती दिनमा लाली र करेन्ट ब्रान्डका तयारी चाउचाउ उत्पादन गर्ने सोचका साथ रुपन्देहीको तिलोत्तमाबाट कम्पनीले आफ्नो उत्पादन थालेको थियो ।
हाल कम्पनीले विभिन्न ब्रान्डका चाउचाउ तथा स्न्याक्सहरू उत्पादन गरी विश्वका विभिन्न मुलुकहरूमा निर्यात गर्दै आइरहेको छ ।
सुपर प्रिमियम सेगमेन्ट अन्तर्गत कम्पनीले करेन्ट हट एन्ड स्पाइसी, करेन्ट २× स्पाइसी, करेन्ट हट एन्ड लेमन स्पाइसी नुडल्स, करेन्ट चिज एन्ड बटर, करेन्ट मसरुम तथा करेन्ट कप नुडल्सको उत्पादन गरिरहेको छ । साथै प्रिमियम सेगमेन्ट अन्तर्गत करेन्ट, लाली, लगायतका चाउचाउहरू उत्पादनमा रहेका कम्पनीले जनाएको छ ।

त्यसै गरी प्रिमियम स्न्याक्स सेगमेन्ट अन्तर्गत, करेन्ट चिजवल, करेन्ट हट एन्ड स्पाईसी स्टीक्स, करेन्ट पोटेटो क्रयाकर, करेन्ट पोटेटो स्टीक्स, करेन्ट अचारी स्टीक्स, करेन्ट हट एन्ड लेमन स्टीक्स, करेन्ट ओनियन रिङ्ग, करेन्ट मखनालगायतका प्रिमियम स्न्याक्सको उत्पादन गरी नेपाललगायत विदेशमा समेत निर्यात गरिरहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार गुणस्तरीय चाउचाउ र स्न्याक्स नेपाललगायत भारत, जापान, भुटान, दुबई, अस्ट्रेलिया, युरोप, युके, अमेरिका, क्यानडा, मलेसिया, सिङ्गापुरलगायतका देशहरूमा निर्यात भइरहेको छ ।
कम्पनीले आफ्ना उत्पादन तथा ब्रान्डप्रतिको उपभोक्ताको विश्वास र भरोसा नै आफ्नो सम्पति र ख्याति भएको बताएको छ ।
हाल कम्पनीको उत्पादन करेन्ट हट एन्ड स्पाइसी नुडल्स नेपालमा सर्वाधिक रुचाइएको चाउचाउ अन्तर्गत पर्दछ । नेपालको परीपेक्षमा यो चाउचाउ १ नम्बर स्थानमा पर्दछ ।
आजको दिनमा यस कम्पनीका चाउचाउ तथा स्न्याक्सप्रति दैनिक रुपमा आम उपभोक्ताको माग र विश्वास बढ्दै गएको छ ।
यशोदा फुड्स उपभोक्ताको माग अनुसारका उत्पादनहरू बजारमा पस्कँदै छोटो समयमा नै अत्यधिक बजार हिस्सा ओगट्न सफल कम्पनीका रुपमा परिचित बनेको छ ।