०३ असार २०८३, बुधबार

दशैंअगाडि मतगणना नसकिने संकेत, अायोग भन्छ–सकिन्छ

कात्तिक २०, २०७४
दशैंअगाडि मतगणना नसकिने संकेत, अायोग भन्छ–सकिन्छ

काठमाडौं, ४ असोज– असोज २ मा तेस्रो चरणको निर्वाचन सकिएपछि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले पाँच दिनभित्रमा सवै मतपरिणाम सार्वजनिक भइसक्ने बताएका थिए । तर मतगणनाको सुरुवात हेर्दा त्यसको सम्भावना अत्यन्त्य न्यून देखिएको छ ।

चुनाव सकिएको तेस्रो दिनसम्मपनि १३६ मध्ये एक स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
सुगमताका हिसावले तराईका मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका पु-याउन समय नलाग्ने र दशै नजिकिएका कारण धेरै क्षेत्रमा गणना गरेर पाँच दिन भित्र मतगणना सक्ने आयोगको दाबी पुरा नहुने देखिएको छ ।
सोमबार निर्वाचन सकिएसँगै मतगणना गर्ने भनिएको भएपनि अधिकांश स्थानीय तहको मतगणना मंगलबार अवेरगरि सुरु भएको छ ।

धेरै जसको स्थानीय तहमा दलहरुबीच विवाद देखिएका कारण समयमै मतगणना शुरु हुन सकेन भने मतपत्रको सुरक्षाको विषयका कारण पनि मतगणना सुरु गर्न ढिला भएको निर्वाचन आयोगले जनाएको छ ।

सवैभन्दा धेरै मतदाता रहेके वीरगञ्ज महानगरमा ६ स्थानमा मतगणना शुरु गरिएको भएपनि दुई दिनमा ३५ सयको हाराहारीमा मात्र मतगणना भएको छ । जसलाई आधार मान्ने हो भने पनि करिब ८० हाराहारीमा खसेको मतगणना सक्न २० दिन भन्दा बढी लाग्ने सहज अनुमान गर्न सकिन्छ । यसअघि पनि काठमाडाैं, पोखरा र ललितपुर महानगरको मतपरिणाम अाउन अाधा महिना लागेको थियो । 

बिहीवार दशैको पहिलो दिन अर्थात घटस्थापना भएका कारण पनि मतगणना सकेसम्म चाडो सक्नु पर्ने बाध्यतामा निर्वाचन आयोग र मतगणनामा खटिएका अधिकारीहरूलार्इ छ ।  

आयोगका प्रवक्ता नवराज ढकालले चाडपर्व नजिएका कारण पनि सकेसम्म चाडो मतगणना सक्ने गरि व्यवस्था गरिएको बताए । ‘सकेसम्म चाडो मतगणना सक्नका लागि हामीले टोलीहरु थपेका छौं’ ढकालले भने‘ मतगणना छिटो गर्न दलहरु, तिनका प्रतिनिध र सरोकारवाला सवैपक्ष जिम्मेवार हुन आवश्यक छ ।’ ढकालले अहिले ३ सयवटा टोली खटाइएको बताए । 

प्रवक्ता ढकालले पाँच दिनभित्र मतगणना सक्ने आयोगको लक्ष भएपनि केही ढिला हुनु स्वभाविक भएको बताए । एक दुई दिन बढी लागेपनि दशै अगावै मतगणना सकिने उनले दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्