
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई एक साता लामो भ्रमणका क्रममा आज (शनिबार) भारत प्रस्थान गर्दैछन् । नेपाल समाजवादी पार्टी प्रवास कमिटीको निमन्त्रणामा भट्टराई भारत जान लागेका हुन् ।
भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल र अन्तरक्रिया गर्नुका साथै तीज विशेष भेटघाटसमेत गर्ने भट्टराईको सचिवालयले जानकारी दिएको छ। सचिवालयका अनुसार नेपालको आर्थिक विकासलगायत विषयमा पनि छलफल गर्ने छन् ।
भारत बसाईका क्रममा डा भट्टराईले नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने कार्यक्रम छ। डा. भट्टराईको कार्यक्रम गोवा, कर्नाटक, नयाँ दिल्ली र चण्डीगढमा केन्द्रित हुनेछ।
डा. भट्टराई असोज ५ गते स्वदेश फर्कनेछन् ।