२९ जेठ २०८३, शुक्रबार

धान बालीमा रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित

भदौ ३१, २०८०
खोटाङ
धान बालीमा रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित

 गाभा सरेर पोटाउन लागेको धान बालीमा गभारो नामको कीरा तथा ब्लाष्ट नामक रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका छन् । रावाबेँसी, दिप्रुङ चुइचुम्मा, साकेला, खोटेहाङ गाउँपालिका सहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा लगाइएको धान बालीमा कीरा तथा रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका हुन् । 

धानको बाला लाग्ने ठाउँदेखि तल डाँठको वरिपरि तथा आँख्लामा खैरो रङ भएको दाग तथा गभारो नामको कीराको समस्या देखिएको किसानले बताएका छन् । थोप्ला जोडिँदै जाँदा पूरै पात डढेको देखिने र रोग लागेको धानको पात वा गेडामा स–साना गोलाकार वा लाम्चिला खैरो थोप्ला देखिएको उनीहरुको भनाइ छ ।  
गाभा सरेर पोटाउन लागेको धान बालीमा कीरा तथा राइस ब्लाष्ट–थ्री, सेथ ब्लाइट–टु र ब्याक्टेरियल फुट रट रोगको सङ्क्रमण देखापरेको कृषि ज्ञान केन्द्र खोटाङका बाली संरक्षण अधिकृत रामानन्द यादवले जानकारी दिए । 
धानको कलिलो अवस्थाको बोटमा गभारोको आक्रमण भएमा गावा मृत देखिने तथा फूल फुल्ने अवस्थामा आक्रमण भएमा भुसमात्र भएको सेतो बाला देखिने जनाइएको छ । धान बालीमा रोग तथा कीराको सङ्क्रमण फैलिएपछि यस वर्ष जिल्लामा उत्पादनमा समेत गिरावट आउने सम्भावना बढेको कृषि विज्ञहरूले बताएका छन् । 
दुई नगरपालिका र आठ गाउँँपालिका रहेको जिल्लामा कुल १२ हजार आठ सय ९८ हेक्टर खेतमा किसानले धानखेती गर्दै आएका छन् । देशभर गाई÷गोरुमा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगसँगै बेलामा वर्षा नहुनु, यान्त्रीकरणमा सबै किसानको पहुँच नपुग्नुलगायतका कारण यस वर्ष जिल्लामा धान रोपाइँमा समेत ढिलाइ भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्