०८ साउन २०८३, शुक्रबार

आन्दोलनरत चिकित्सकसँग वार्ता गर्न समिति गठन

भदौ ३१, २०८०
काठमाडौं
आन्दोलनरत चिकित्सकसँग वार्ता गर्न समिति गठन
चिकित्सकको आन्दोलनका कारण उपचार गर्न नपाएपछि अस्पतालमा बसिरहेका बिरामी र तिनका आफन्त ।

सरकारले आन्दोलरत नेपाल चिकित्सक संघसँग वार्ता गर्न समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाको संयोकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमले जानकारी दिए । 

समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव रहेका छन् । 

समितिले अहिले नै वार्ताका लागि चिकित्सकलाई आह्वानसमेत गरेको छ । चिकित्सकमाथिको आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै आज देशभरिका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा सङ्घले बन्द गरेको छ ।

भदौ २७ गते डा. थापा र डा. विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण भएको थियो । डेङ्गु रोगबाट सङ्क्रमित बिरामीको उपचारमा लापरवाही गरेको भन्दै उनका आफन्तले दुई चिकित्सकमाथि हातपात तथा कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्