२५ असार २०८३, बिहीबार

राष्ट्रपति पौडेलले बालबालिकासँग भने – घोडचढी र पौडी अत्यधिक मन पर्थ्यो

भदौ ३१, २०८०
काठमाडौं
राष्ट्रपति पौडेलले बालबालिकासँग भने – घोडचढी र पौडी अत्यधिक मन पर्थ्यो

​राष्ट्रपति रामचन्द्र पौडेलले घोडचढी र पौडी आफ्नो बाल्यकालको सोख रहेको बताएका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बाल दिवसका अवसरमा ‘राष्ट्रपतिसँग बालबालिका विषयक’ शीतल निवासमा आइतवार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले आफ्नो बाल्यकालको अनुभव सुनाउँदै यस्तो बताएका हुन् ।

उनले पौडी र घोडचडीले मान्छेलाई स्वस्थ बनाउन सहयोग पुग्ने बताए । ‘पौडी र घोडचढीले मलाई अहिलेसम्म स्वस्थ रहन सहयोग पुर्‍याएको छ’, राष्ट्रपति पौडेलले भने, ‘अहिले त स्वीमिङ पुल छन् त्यसैमा पौडी खेल्छन् । हाम्रा पालामा त सानो पोखरी, आहाल र खोलामा पौडी खेल्न पर्दथ्यो । म पनि खोला र सानो पोखरी देख्यो कि हाम फालिहाल्ने गर्दथे ।’ 

उनले आफूहरूको पालामा बालबालिकाहरू नितान्त प्रकृतिसँग भिजेर हुर्किएको बताए । 

बालबालिकाको जीवन सबैभन्दा निर्धक्कको र चिन्तारहित अर्थात शोक न सुर्ता भोक न भकारीको रहने गरेको स्मरण उनले गरे । राष्ट्रपति पौडेलले महाकवि देवकोटाको कविता स्मरण गर्दै आफूलाई फेरि बालक बन्न मन लागेको बताए ।

उनले अहिलेको बालबालिकाभन्दा आफ्नो पालाका बालबालिकाको जीवन फरक रहेको स्मरण गर्दै त्यसबेला धानको कुनियो, बिटा र भकारीमा लुकामारी खेलेको, गाईवस्तु चराउने गरेको, भात पकाई खेल्ने गरेकाले हिलो मैलो र धुलोमा खेल्दै प्राकृतिक तवरले बिताएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्