३१ जेठ २०८३, आइतबार

तीज महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रूपमा विकास हुँदै गएको छ : सभामुख

असोज १, २०८०
काठमाडौं
तीज महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रूपमा विकास हुँदै गएको छ : सभामुख

सभामुख देवराज घिमिरले तीजका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । 

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहीआएको पर्व तीज भएको उल्लेख गर्दै उनले सत्ययुगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत बसी महादेवलाई प्राप्त गरेको धार्मिक मान्यता अनुसार तीज मनाउने चलन सन्देशमा उल्लेख गरेका छन् । 
 
सभामुख घिमिरेले शुभकामना सन्देशमा भनेका छन्, 'तीज बालीनाली रोपिसकेपछि फुर्सदको समयमा मनाइने पर्व हो । तर, यस पर्वको धार्मिक–सांस्कृतिकसँगै सामाजिक चेतना अभिवृद्धि गर्नका लागि पनि महत्त्वपूर्ण रहेको छ । लैंगिक तथा पारिवारिक विभेदलाई तीजका अवसरमा विभिन्न माध्यमद्वारा सार्वजनिक गर्ने चलन रहेको थियो । तसर्थ तीज महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रूपमा समेत विकास हुँदै गएको छ ।'

मौलिक पर्वहरूलाई भावी पुस्तामा हस्तान्तरण गर्दै समयक्रममा विकास भएका कतिपय तडकभडकको शैली भने त्याग्न जरुरी उल्लेख गदै उनले मौलिक संस्कृति अनुरूप हरितालिका पर्व मनाउने संकल्प गरेमात्र तीजको महत्त्व झन् बढ्दै जाने विश्वास व्यक्त गरेका छन् । 

सभामुख घिमिरेले तीजले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कुरीति अन्त्य गरी समतामूलक समाज निर्माण गर्न उत्साह र जाँगर प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्