१० साउन २०८३, आइतबार

एनआरएनएको विद्रोही पक्षको निर्णय : आगामी मार्च २ र ३ मा विश्व सम्मेलन

असोज १, २०८०
काठमाडौं
एनआरएनएको विद्रोही पक्षको निर्णय : आगामी मार्च २ र ३ मा विश्व सम्मेलन

गैरआवासीय नेपाली संघ (एनआरएनए) विनोद कुँवर पक्षले आगामी मार्च २ र ३ मा ११ औँ विश्व सम्मेलन गर्ने निर्णय गरेको छ । विनोद कुँवर पक्षले गत १० औँ विश्व सम्मेलनमा विद्रोह गरेर नयाँ एनआरएनए बनाएको थियो । 

कुँवरको सभापतित्वमा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को १८ औँ बैठकले महाधिवेशनको मिति टुङ्गो लगाएको हो । बैठकले सो मितिमा नेपालमा प्रतिनिधिहरू स्वयम् उपस्थित भएर विश्व सम्मेलन गर्ने निर्णय गरिएको कुँवरले जानकारी दिए । 

संस्थापन पक्षसँग यसअघि भएको सहमति कार्यान्वयन हुन नसकेको निष्कर्ष निकाल्दै कुँवर समूहले विश्व सम्मेलन गर्ने निर्णय गरेको हो । 

सचिव कृष्ण सन्जेलले जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन सफल रूपमा सम्पन्न गर्नका लागि अध्यक्ष कुँवरको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ।

यस्तै महाधिवेशन आयोजक समितिका सल्लाहकारहरूमा निवर्तमान प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा शेष घले, निवर्तमान संरक्षक तथा पूर्व अध्यक्ष देवमान हिराचन, निवर्तमान उपाध्यक्ष सोनाम लामा, पूर्व आइसीसी सदस्य जमुना गुरुङ, पूर्व संरक्षक दिल गुरुङ, सम्पूर्ण वर्तमान सल्लाहकारहरू र सम्पूर्ण मानार्थ परिषद् सदस्यहरू रहेका छन् । 

त्यसैगरी आयोजक समितिमा सम्पूर्ण पदाधिकारीहरू, परिषद् सदस्य र सबै एनसीसी अध्यक्षहरू समेत रहने गरी मूल आयोजक समिति गठन गरिएको उनले बताए। समितिका सदस्य सचिवमा कार्यकारी निर्देशक राजेश सम्शेर राणा रहेका छन् । 

सङ्घको महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि गत विशेष साधारण सभाको निर्णय अनुसार ३ देखि ५ सदस्य रहने गरी एक निर्वाचन समितिको गठन गरिने भएको छ। निर्वाचन समितिका प्रमुख र सदस्यहरूको नियुक्ति सङ्घका अध्यक्ष र महासचिवले गर्नेगरी निर्णय गरिएको हो । 

यसैगरी सम्मेलनका लागि आर्थिक व्यवस्थापन र श्रोत विकासका लागि उपाध्यक्ष भोमा लिम्बुको संयोजकत्वमा समिति गठन गरिएको छ भने उपाध्यक्ष थर्क सेनको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ।

सङ्घको गत विशेष साधारण सभाले पारित गरेका परिमार्जित दफा र नियमहरू समेत समेटेर ११ औँ महाधिवेशनका लागि एनसीसीहरुको लागि विधान तथा राष्ट्रिय महाधिवेशन सहज बनाउन निर्देशिका तथा अन्तर्राष्ट्रिय महाधिवेशन सञ्चालन निर्देशिका समेत तयार पार्न उपाध्यक्ष बाबुराम  लामाको संयोजकत्वमा समिति गठन गरिएको छ।

यस्तै महाधिवेशन व्यवस्थापन गर्न महासचिव जानकी गुरुङको संयोजकत्वमा समिति गठन गरिएको छ। सो समितिले महाधिवेशन प्रतिनिधिहरूको समेत प्रमाणीकरण कार्य गर्ने बताइएको छ । 

यस्तै सङ्घको  महाधिवेशन तथा विश्व सम्मेलनको लागि प्रचार प्रसार तथा प्रकाशनको लागि सचिव सन्जेलको संयोजकत्व समिति गठन गरिएको छ। यस्तै सम्मेलनको घोषणा २०२४ जारी गर्नको लागि  प्रवक्ता प्रकाश धमलाको संयोजकत्वमा समिति गठन गरिएको छ। 

विशेष साधारण सभा २०२३ ले पारित गरेका परिमार्जित दफा र नियमहरू समेत समेटेर विधान संशोधनको लागि क्षेत्रिय संयोजक केशव कँडेलको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरिएको छ कार्यक्रम व्यवस्थापन गर्न यूथ एम्बसडर दीपेश खत्रीको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्