असोज २, २०८०
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किन सक्ने चर्चा मात्रले एमालेमा तरंग उत्पन्न भइरहेका बेला फेरि अर्को सन्देश दिने राजनीतिक घटनाक्रम भएको छ । एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछिको उत्तराधिकारी को हो ...
काठमाडाैं | असोज १, २०८०
पार्टीको संस्थापन पक्षले पुष्पकमल दाहाल प्रचण्ड ‘नेतृत्व’कै सरकारको निरन्तरता चाहिरहेका बेला प्रभावशाली नेता डा. शेखर कोइरालाले पछिल्लो केही सातायता निरन्तर कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने विषय उठाउँदै आएका छन् ।
कतिसम्म भने सभापति शेरबहादुर देउवासमेत सहभागी कार्यक्रममा शेखरले मुखै फोरेर ‘सरकारले प्रभावकारी काम गर्न सकेन । हाम्रा मन्त्रीले पनि प्रभावकारी कार्यसम्पादन देखाउने अवस्था भएन, अब कांग्रेसले नेतृत्व गर्नुपर्छ’ भनेर देउवामाथि दबाब बढाए ।
तर, १० पुसमा आफ्नै अव्यावहारिक निर्णयले गुमेको सत्ता र शक्ति बल्लतल्ल फर्काएका देउवा शेखरको यो लाइनसँग टसमस देखिएका छैनन्, किनकि ठूलो दल भएर पनि सत्ताबाट विमुख हुनु परेपछि निकै कसरत गरेर देउवाले पार्टीलाई केन्द्रदेखि सबै प्रदेशको सत्तामा कांग्रेसलाई फर्काए ।
यतिमात्रै होइन, अहिलेको सत्ता गठबन्धनबीच प्रचण्डले दुई वर्ष, नेकपा एकीकृत समाजवादीका माधव नेपालले बीचमा एक वर्ष र अन्तिममा दुई वर्ष देउवाले सरकारको नेतृत्व गर्ने समझदारी भएको बताइन्छ । तर, एमालेपछि कांग्रेसको सहयोगमा प्रचण्डले सरकार चलाएको ९ महिना पनि नबित्दै शेखरले हरेकजसो सार्वजनिक मञ्चमा बोल्दा सरकार परिवर्तनको विषयलाई प्राथमिकता साथ उठाउँदै आएका छन् ।
कांग्रेसकै नेतृत्वमा सरकार बनाउन सक्दाको रणनीतिक फाइदा शेखरले हेरेको बताइन्छ, किनकि १५ औं महाधिवेशनमा समूहको निर्विकल्प नेता बन्नका लागि शेखरले सबै प्रयत्न लगाइरहेका छन् । तत्काल सरकार परिवर्तन गरेर देउवालाई प्रधानमन्त्री बनाउन सक्दा पार्टी नेताका रूपमा स्थापित हुन वा देउवा तयार नभए माहोल आफूतिर सोझ्याउन सक्ने हिसाब पनि शेखरले निकालिरहेको बताइन्छ ।
‘सिधा हिसाबले सरकार परिवर्तन हुँदा प्रधानमन्त्री र मन्त्री मात्रै फेरिँदैनन्, नयाँ सरकारको कसरत गर्ने पनि एउटा शक्तिको रूपमा दरिन्छ । यस्तो शक्तिले सरकारमा हिस्सा र राजनीतिक शक्ति बटुल्छ,’ कांग्रेसका एक नेता भन्छन्, ‘यसैले यसपटक अंकगणितले आफूलाई साथ नदिए पनि सरकार परिवर्तन गराउने हुटहुटी शेखरमा देखिन्छ । पार्टी नेतामा आफू स्थापित हुने र देउवा प्रधानमन्त्री बन्न तयार नभए आफैं दलको नेता भएर अगाडि बढ्ने सोचमा उहाँ हुनुहुन्छ । यसैले परिणाम जे आए पनि उहाँले कार्ड फ्याँक्नुभएको हो कि भन्ने देखिन्छ ।’
शेखरले यस्तो बताइरहँदा कोइराला परिवारकै डा. शशांकले भने प्रचण्ड नेतृत्वकै सरकार पाँच वर्षसम्म जाने बताएका छन् । सरकार परिवर्तनको हल्ला पार्टीभित्रको खिचातानी मात्रै भएको संकेत उनले प्रस्टै दिएका छन् ।
‘मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पाँच वर्षसम्म जानसक्छ, मलाई त्यस्तो लाग्छ,’ एकाध राजनीतिक विषयमा मात्र टिप्पणी गर्ने शशांकले चितवनमा आइतबार भने, ‘राजनीतिक स्थायित्वले मात्रै देशको विकास हुन्छ । यसैले पार्टीभित्रको खिचातानीको प्रभाव सरकारमा पर्नुहुन्न ।’
शशांकले मात्रै होइन, अर्का प्रभावशाली नेता विमलेन्द्र निधिले पनि आइतवार जनकपुरमा गठबन्धन सरकार तत्काल तलमाथि नहुने प्रस्ट्याए ।
‘गठबन्धनको सरकार चलिरहेको छ । गठबन्धनमा केही समस्या पनि छ । तर पूर्व सहमति अनुसार नै गठबन्धनको सरकार अगाडि बढ्नुपर्छ भन्नेमा छौं,’ निधिले भने, ‘समाजवादी मोर्चा बन्यो भनेर कांग्रेस र एमाले मिलेर सरकार बनाउँछन् भन्ने हल्लामा सत्यता छैन । यस्तो सम्भव छैन । राजनीतिलाई अस्थिर र पेचिलो बनाउनु हुन्न । संसद पूर्ण अवधिसम्म चल्नुपर्छ ।’
के छ संसदीय दलको अंकगणित ?
आवश्यकता र अंकगणितभन्दा १५ औं महाधिवेशनमा कसरी बलियो हुने भनेर नेताहरूले आफू अनुकूलको कार्ड फ्याँक्न थालेको देखिएको छ । गत पुस ६ गते भएको संसदीय दलको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाले भारी मतले गगन थापालाई पराजित गरेका थिए । यस्तो नतिजाको ९ महिनाको समय पनि बितिसकेको छैन ।
दलको सो चुनावमा ८९ सांसदमा देउवाले ६४ र गगनले २५ मत मात्रै प्राप्त गरेका थिए । दुईतिहाइभन्दा बढी मतले जितेका देउवाविरुद्ध शेखर र गगनलाई बहुमत पुर्याएर दलको नेता फेर्न कठिन पर्ने देखिन्छ, किनकि ८९ सांसदमा शेखर पक्षमा ३३ सांसद हुँदा पनि गगनले २५ मत मात्रै पाएका थिए । यस्तोमा देउवालाई दलमा पछि पार्न ४५ सांसदको मत प्राप्त गर्नुपर्ने हुन्छ । यस्तोमा दुईचार सांसद तानेर मात्रै पनि पुग्ने अवस्था शेखर–गगनलाई छैन ।
राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल पार्टी फुट्ने अवस्थाबाहेक शेखरले संसदीय दलमा बहुमत जुटाउन नसक्ने जिकिर गर्छन् ।
‘अहिले देउवा निकै बलियो नेता हो । कि उहाँलाई फेर्नुपर्यो कि त उहाँ आफैंले छाडिदिनुपर्यो । शक्ति र सन्तुलनमा खेल्न सिपालु देउवा त्यति दाता र त्यागी हुनुहुन्न । त्यसैले शेखरको रहर पूरा हुने देखिन्न,’ दाहाल भन्छन्, ‘सरकार फेर्न खोज्दा देउवा प्रधानमन्त्री बन्ने होइन कांग्रेस नै सडकमा आउन सक्छ । यस्तो अवस्थामा जोखिमको जिम्मा शेखरले लिनुपर्ने हुन्छ ।’ विश्लेषक दाहाल शेखरलाई शशांकले आइतवार दिएको काउन्टर जवाफ परिस्थिति बुझ्न पर्याप्त भएको दाबी समेत गर्छन् ।
अंकगणितले साथ नदिँदा पनि किन सरकार फेर्ने कुरा गरिरहेका छन् शेखर ?
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य संसदीय दलमा आफूलाई बहुमत पुग्ने अवस्था नहुँदा पनि कतिपय अवस्थामा रणनीतिक रूपले बोल्नैपर्ने हुँदा शेखरले सरकार फेर्ने कुरा गरेको हुन सक्ने बताउँछन् ।
‘शेखरले सरकार फेर्ने कुरा गर्नुको पछाडि पार्टी राजनीतिका केही रणनीतिक कुरा होलान् । तर, सरकारमा कांग्रेसका मन्त्री हराए काम प्रभावकारी भएन भन्ने फरक दबाब उहाँमाथि परेको छ । यतिमात्रै होइन, सरकारले भ्रष्टाचारविरुद्ध निर्मम बन्ने भने पनि स्वतन्त्र छानबिन गर्न नदिने बरु अवरोध गरेपछि चुप लागेर बस्ने अवस्था उहाँलाई छैन,’ आचार्य भन्छन्, ‘यसैले संसदीय दलमा बहुमत पुग्ने वा नपुग्ने सांसदको कुरा हो । तर दलको नेता फेर्न प्रयत्नै गर्न हुँदैन भन्ने होइन, प्रयास गरे मात्रै बदल्न सकिन्छ । गलत भइरहँदा नबोली बस्नु हुन्न । यस्तोमा सबै परिणाम हेरेर मात्रै बोल्नुपर्छ भन्ने छैन ।’
शेखरले प्रचण्डको विकल्पमा देउवाको नेतृत्वमा सरकार बनाउने कुरा गरेको भए त्यो अर्को दुर्भाग्य हुने उनी बताउँछन् ।
‘हो, संसदीय दलमा शेखरको बहुमत छैन । तर, सरकार फेर्दा प्रचण्डको विकल्प देउवा हुन सक्दैनन्, किनकि देउवा सरकारमा आउँदा झन् घातक हुन्छ,’ उनी भन्छन्, ‘प्रचण्ड र देउवाकै विकल्प दिऊँ भनेर लाग्दा नराम्रो र अस्वस्थ हुँदैन ।’
संस्थापन इतरकै नेता एवं सहमहामन्त्री बद्री पाण्डेले पनि यतिखेर सरकार फेर्ने कुराले झन् ठूलो अस्थिरता मच्चाउने बताए ।
‘हाम्रो समूहमा सरकार फेर्नेबारेमा औपचारिक र अनौपचारिक छलफल भएको छैन । सरकार र मन्त्रीका कार्यसम्पादन राम्रो भएन भन्दैमा अर्को सरकार बनाएर पनि समाधान हुने होइन,’ पाण्डे भन्छन्, ‘कहाँ कमजोरी भयो भनेर नलागी सरकार मात्रै फेर्ने कुराले झन् ठूलो अस्थिरता बढाउँछ ।’
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले लयमा चलेन भनेर असन्तुष्टि भए पनि सरकार फेर्ने विषय सभापति देउवाको मनमा नभएको बताए ।
‘सरकार लयमा चलेन भन्ने असन्तुष्टि छन् । यसैले सरकारलाई प्रभावकारी बनाएर लानुपर्छ भन्नेमा दुईमत छैन,’ विश्वकर्मा भन्छन्, ‘सरकारको विकल्प हुँदैन भन्ने होइन, सभापति र हामी त्यतातिर लाग्ने पक्षमा छैनौं । अभिव्यक्ति स्वतन्त्रता धेरै भएको पार्टीमा सरकार फेर्नुपर्छ भनेर बोल्न पाइन्छ ।’
समझदारीभन्दा बाहिर गएर बीचमै सरकार फेर्ने भनेको एमाले र कांग्रेस मिल्ने हो । तर देउवा ओलीसँग मिलेर दुई ठूला दलको सरकार गठन हुनेमा ‘कन्भिन्स’ नै छैनन् ।
४ गतदेखि बस्ने केन्द्रीय समितिको बैठकमा सरकारको काम गराइप्रति असन्तुष्टिको स्वर धेरै नै उठ्ने छनक भने पाएको उनी बताउँछन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणसहितका मुद्दामा कांग्रेस नेतामाथि मात्रै निशाना बनाएको बताएर शेखरले देउवा पक्षका नेता र सांसदलाई आफ्नोतिर तान्ने पनि दाउ हेरेको बताइन्छ । किनकि देउवाका विश्वासपात्र नेता बालकृष्ण खाँणप्रति इतर पक्षको बढी सद्भाव देखिन्छ । देउवाले खाँणलाई बचाउन कोशिश नै नगरेको देखाएर नेता तान्ने रणनीतिमा समेत शेखर छन् । यसैले सरकार रचनात्मक बनेन, कांग्रेसप्रति मात्रै निशाना सोझियो भनेर असन्तुष्टि र आक्रोशको फाइदा उठाउन शेखर रणनीतिक रूपमा लागेको बताइन्छ ।
अर्का राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल र्याडिकल कुरा नगरी आकर्षण बटुल्न सकिँदैन भन्नेमा शेखर पुगेको बताउँछन् ।
‘एउटा समूहको सोझो समर्थन पाउनेबाहेक नेतृत्वलाई दबाबमा राख्ने र धान्ने खालको रणनीतिक चातुर्यता शेखरमा देखिँदैन,’ दाहाल भन्छन्, ‘पार्टीभित्र तानातान छ, यसैले र्याडिकल कुरा नगरी आकर्षण बढाउन सकिँदैन भन्ने उहाँले बुझेरै यसरी सरकार फेर्ने कुरा गरेको हुनसक्छ, किनकि शशांक देउवातिर नजिक हुँदैछन् । गगनहरूको एउटा आफ्नै शक्ति छ, यसैले म निष्क्रिय छैन भनेर देखाउन खोजेको हो भन्ने देखिन्छ ।’
शेखरलाई केही मन्त्रीको कार्यसम्पादन चित्त नबुझेको बाहेक सरकार बदल्नुपर्ने गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति नबनेको दाहालको टिप्पणी छ ।
‘शेखर केही मन्त्रीको कार्यशैलीबाट असन्तुष्ट छन् । यसैले मन्त्री फेर्नका लागि दबाब बढाउन सरकार फेर्ने कुरा गरेको देखिन्छ, किनकि देउवालाई यो थाहा छ कि एमालेसँग मिलेर सरकार बनाउनु भनेको अर्को जोखिम हो,’ दाहाल भन्छन्, ‘महंगीको भयानक मार र विभिन्न काण्डमा टुप्पोमा पुगेको अनुसन्धानलाई कमजोर बनाउनेबाहेक अरू कमजोरी र आलोचना सरकारको छैन । अन्तर्राष्ट्रिय परिस्थिति पनि प्रधानमन्त्री प्रचण्ड अनुकूल छ । उहाँले भारत, अमेरिका र चीन सबैतिर म्यानेज गरिसक्नुभएको छ ।’
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किन सक्ने चर्चा मात्रले एमालेमा तरंग उत्पन्न भइरहेका बेला फेरि अर्को सन्देश दिने राजनीतिक घटनाक्रम भएको छ । एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछिको उत्तराधिकारी को हो ...
नेकपा एमाले कोशी प्रदेश अधिवेशनको मिति नजिकिँदै जाँदा नेताहरूबीच ध्रुवीकरण देखिन थालेको छ । अझै लुम्बिनी प्रदेशमा निर्वाचनबाट नेतृत्व चयन भएपछि कोशीमा विभिन्न पदका आकांक्षीहरू निर्वाचनसम्मै जानुपरे पनि पछ...
विद्यालय बन्द गरी देशभरबाट काठमाडौं आएका सामुदायिक विद्यालयका शिक्षकहरूले बिहीवार दोस्रो दिन पनि आन्दोलन जारी राखे । संघीय सरकारले संसद्मा पेश गरेको ‘विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण ...
सदियौँदेखि मिलेर बसेका विभिन्न सम्प्रदायबीच विभिन्न बहानामा द्वन्द्व बढाउने चलखेल भइरहेको संकेत मिल्न थालेको छ । देशका विभिन्न ठाउँमा भएका पछिल्ला केही घटनाले यस्तै संकेत गर्छन् । केही समयअघि धरानमा गोरु काट...
माधव नेपालले अपानी (अन्तर पार्टी निर्देशन) जारी गरेर केही नेतालाई कार्य विभाजनसहितका निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनालले सार्वजनिक रूपमा आपत्ति जनाएका छन् । ‘पार्टीका नाममा जारी भएको अपान...
संघीय संसद्को राज्य व्यवस्था समितिमा दुई सुरक्षा निकायका प्रमुखले ‘सुरक्षा थ्रेट’को विषय उठाएपछि अहिले एक प्रकारको तरंग पैदा भएको छ । नेपालको सुरक्षा अवस्था र सामाजिक, धार्मिक विषय कति संवेदनशील...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...