×

NMB BANK
NIC ASIA

तीजमा नेपालमा छैनन् चलेका लोकदोहोरी गायक–गायिका

अस्ट्रेलियाले भिसा नदिएपछि सिन्धु मल्ल भारत पुगिन्, समीक्षा अधिकारीले नेपालमै तीज मनाउँदै

काठमाडाैं | असोज १, २०८०

NTC
Premier Steels

चलेका अधिकांश लोकदोहोरी गायक/गायिकाको यस वर्षको तीज विदेशमा बित्दैछ । 

Muktinath Bank

तीज गीतमा चलेका गायक/गायिका केही सातादेखि विदेशस्थित नेपाली समुदायले आयोजना गरेको साङ्गीतिक कार्यक्रममा व्यस्त छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभिन्न देशमा नेपाली समुदायले आयोजना गरेको तीज विशेष कार्यक्रममा नाचगान गरेर कलाकारहरूले सोमवार हरितालिका तीज मनाउँदैछन् । कोरोनाका कारण अघिल्ला केही वर्ष विदेशमा खास्सै कार्यक्रम हुन नसकेकोमा यस वर्षदेखि विदेशका तीज विशेष कार्यक्रम लयमा फर्किएको हो । 


Advertisment
Nabil box
Kumari

गायक प्रकाश सपूतले सोमवार नयाँ दिल्लीस्थित इन्दिरा गान्धी स्टेडियममा आयोजित हरितालिका तीज महोत्सवमा प्रस्तुति दिँदैछन् । केही दिनअघि अस्ट्रेलियामा तीज विशेष कार्यक्रम सकेर फर्किएका उनी तीजको दिनको प्रस्तुतिका लागि दिल्ली पुगेका हुन् । 

Vianet communication

गायक पशुपति शर्मा केही सातादेखि अस्ट्रेलियामा छन् । उनले त्यहाँ आयोजित विभिन्न तीज विशेष कार्यक्रममा प्रस्तुति दिइसकेका छन् । गायक खुमन अधिकारी तीज विशेष कार्यक्रमको शिलशिलामा दुबईमा छन् । 

गायिका शान्तिश्री परियारले विगत १७ दिनदेखि अस्ट्रेलियामा रहेर त्यहाँ आयोजित तीज विशेष कार्यक्रममा प्रस्तुति दिइन् । गायक खेम सेञ्चुरीले पनि अस्ट्रेलियाका विभिन्न सहरमा तीज विशेष कार्यक्रममा प्रस्तुति दिए ।

तीजको दिन सोमबार भने शान्तिश्री र खेम नयाँ दिल्ली पुगेर दर्शक नचाउनेछन् । 

गायिका सुनिता दुलाल पनि यतिबेला विदेशमै छिन् । अर्की गायिका सुनिता बुढा क्षेत्री भने अस्ट्रेलियाको तीज विशेष कार्यक्रम सकेर स्वदेश फर्किएकी छिन् । उनले तीजको दिन धादिङको गजुरीमा प्रस्तुति दिँदैछिन् । 

भिसा अस्वीकृत भएपछि गायिका सिन्धु मल्ल तीज विशेष कार्यक्रमका लागि अस्ट्रेलिया जान पाइनन् । अस्ट्रेलियाको भिसा अस्वीकृत उनी तीज विशेष कार्यक्रमका लागि भारतको भोपाल पुगेकी छन् । 

गायिका कला लम्साल, मञ्जु पौडेल लगायतका अन्य थुप्रै चलेका गायक/गायिका पनि यतिबेला नेपालमा छैनन् ।

पछिल्लो पुस्ताका गायिकाहरू एलिना चौहानले अस्ट्रेलियामा तीज मनाउँदैछिन् भने रचना रिमालले साइप्रसमा साङ्गीतिक प्रस्तुति दिँदैछिन् । 

अस्ट्रेलियाले भिसा नदिएपछि गायिका समीक्षा अधिकारीले भने आफ्नो गृहजिल्लामै साङ्गीतिक प्रस्तुति दिएर तीज मनाउँदैछिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x