३० जेठ २०८३, शनिबार

तीजमा नेपालमा छैनन् चलेका लोकदोहोरी गायक–गायिका

अस्ट्रेलियाले भिसा नदिएपछि सिन्धु मल्ल भारत पुगिन्, समीक्षा अधिकारीले नेपालमै तीज मनाउँदै
असोज १, २०८०
काठमाडौं
तीजमा नेपालमा छैनन् चलेका लोकदोहोरी गायक–गायिका

चलेका अधिकांश लोकदोहोरी गायक/गायिकाको यस वर्षको तीज विदेशमा बित्दैछ । 

तीज गीतमा चलेका गायक/गायिका केही सातादेखि विदेशस्थित नेपाली समुदायले आयोजना गरेको साङ्गीतिक कार्यक्रममा व्यस्त छन् । 

विभिन्न देशमा नेपाली समुदायले आयोजना गरेको तीज विशेष कार्यक्रममा नाचगान गरेर कलाकारहरूले सोमवार हरितालिका तीज मनाउँदैछन् । कोरोनाका कारण अघिल्ला केही वर्ष विदेशमा खास्सै कार्यक्रम हुन नसकेकोमा यस वर्षदेखि विदेशका तीज विशेष कार्यक्रम लयमा फर्किएको हो । 

गायक प्रकाश सपूतले सोमवार नयाँ दिल्लीस्थित इन्दिरा गान्धी स्टेडियममा आयोजित हरितालिका तीज महोत्सवमा प्रस्तुति दिँदैछन् । केही दिनअघि अस्ट्रेलियामा तीज विशेष कार्यक्रम सकेर फर्किएका उनी तीजको दिनको प्रस्तुतिका लागि दिल्ली पुगेका हुन् । 

गायक पशुपति शर्मा केही सातादेखि अस्ट्रेलियामा छन् । उनले त्यहाँ आयोजित विभिन्न तीज विशेष कार्यक्रममा प्रस्तुति दिइसकेका छन् । गायक खुमन अधिकारी तीज विशेष कार्यक्रमको शिलशिलामा दुबईमा छन् । 

गायिका शान्तिश्री परियारले विगत १७ दिनदेखि अस्ट्रेलियामा रहेर त्यहाँ आयोजित तीज विशेष कार्यक्रममा प्रस्तुति दिइन् । गायक खेम सेञ्चुरीले पनि अस्ट्रेलियाका विभिन्न सहरमा तीज विशेष कार्यक्रममा प्रस्तुति दिए ।

तीजको दिन सोमबार भने शान्तिश्री र खेम नयाँ दिल्ली पुगेर दर्शक नचाउनेछन् । 

गायिका सुनिता दुलाल पनि यतिबेला विदेशमै छिन् । अर्की गायिका सुनिता बुढा क्षेत्री भने अस्ट्रेलियाको तीज विशेष कार्यक्रम सकेर स्वदेश फर्किएकी छिन् । उनले तीजको दिन धादिङको गजुरीमा प्रस्तुति दिँदैछिन् । 

भिसा अस्वीकृत भएपछि गायिका सिन्धु मल्ल तीज विशेष कार्यक्रमका लागि अस्ट्रेलिया जान पाइनन् । अस्ट्रेलियाको भिसा अस्वीकृत उनी तीज विशेष कार्यक्रमका लागि भारतको भोपाल पुगेकी छन् । 

गायिका कला लम्साल, मञ्जु पौडेल लगायतका अन्य थुप्रै चलेका गायक/गायिका पनि यतिबेला नेपालमा छैनन् ।

पछिल्लो पुस्ताका गायिकाहरू एलिना चौहानले अस्ट्रेलियामा तीज मनाउँदैछिन् भने रचना रिमालले साइप्रसमा साङ्गीतिक प्रस्तुति दिँदैछिन् । 

अस्ट्रेलियाले भिसा नदिएपछि गायिका समीक्षा अधिकारीले भने आफ्नो गृहजिल्लामै साङ्गीतिक प्रस्तुति दिएर तीज मनाउँदैछिन् ।

salt training

कमेन्ट गर्नुहोस्