२५ जेठ २०८३, सोमबार

तीजको दर खाएर महिला नाचिरहेका बेला युवाहरूबीच विवाद, आफ्नै साथीको हत्या

असोज १, २०८०
काठमाडौं
तीजको दर खाएर महिला नाचिरहेका बेला युवाहरूबीच विवाद, आफ्नै साथीको हत्या

लुम्बिनी– स्थानीय युवाहरूबीच सामान्य विवाद हुँदा कुटपिट एकजना युवकको हत्या भएको छ । आफ्नै साथीहरूको कुटपिटबाट पाल्पाको तिनाउ गाउँपालिका–२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार स्थानीय युवाबीच विवाद बढ्दै जाँदा आइतवार राति साढे १२ः३० बजेको समयमा युवकमाथि कुटपिट भएको थियो । गम्भीर घाइते खत्रीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा उपचारका क्रममा राति १ः४५ बजे मृत्यु भएको प्रहरी निरीक्षक चन्दले जानकारी दिए । 

तीजको दर खाएर राति महिला नाचिरहेका बेला युवाहरूबीच विवाद भएको थियो । त्यही विषयलाई लिएर भएको झगडाले उग्ररुप लिएपछि खत्रीमाथि कुटपिट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चन्दले जानकारी दिए । 

हत्याको आरोपमा चारजना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर प्रहरीले थप विवरण खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मासहितको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ । –रासस

salt training

कमेन्ट गर्नुहोस्