२३ जेठ २०८३, शनिबार

केन्द्रीय समिति बैठकअघि शेखर पक्षले बोलायो भेला, विश्वप्रकाश र प्रदीपलाई पनि निम्ता

असोज १, २०८०
काठमाडौं
केन्द्रीय समिति बैठकअघि शेखर पक्षले बोलायो भेला, विश्वप्रकाश र प्रदीपलाई पनि निम्ता

असोज ४ मा बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि नेपाली कांग्रेसको डा शेखर कोइराला पक्षले तयारी बैठक बोलाएको छ । 

कोइरालाले बैठकको तयारीमा लागि आफ्नो पक्षका पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापतिसहितका नेताको बैठक बोलाएका हुन् । 

साथै बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाइएको छ । 

बैठक मंगलवार दिउँसो २ बजे कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बस्ने जानकारी उनका स्वकीय सचिव दिनेश थपलियाले दिए ।

‘केन्द्रीय समितिको बैठक अगाडि वार्मअप बैठक बोलाइएको हो । यसमा पदाधिकारी, केन्द्रीय सदस्य, हाम्रो तर्फका २ प्रदेश सभापतिलाई बोलाइएको छ,’ थपलियाले भने, ‘यसपटक विश्व र प्रदीप दाइलाई पनि निमन्त्रणा दिइएको छ ।’

पछिल्लो समय संस्थापन इतरका नेता शेखरले सरकारको विकल्प खोज्नुपर्ने मतलाई निरन्तर उठाउँदै आएका छन् । सरकारले ठूला भ्रष्टाचारका काण्डलाई फितलो बनाएको, कांग्रेस नेतालाई निशाना बनाएको, प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारको आलोचना गर्दै आएका छन् । यसैले ठूलो दलको रुपमा कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने दाबी गर्दै उनले यो विषयलाई प्राथमिकतापूर्वक उठाउँदै पनि आएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्