१३ असार २०८३, शनिबार

नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु

असोज १, २०८०
काठमाडौं
नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु

मध्यविन्दु–नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र सङ्गम कुमालको नारायणी नदीमा डुबेर मृत्यु भएको हो । 

सोमवार दिउँसो नारायणी नदीमा पौडी खेल्ने क्रममा गैँडाकोट नगरपालिका–७ गैरी बस्ने सुमन कुमालका छोराहरू १४ वर्षीय सबिन कुमाल र नौ वर्षीय सङ्गम कुमालको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताए । 

‘नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुवै जनाको उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकामा चिकित्सकले मृत घोषित गरेका हुन्,’ उनले भने । घटनाका बारेमा थप अनुसन्धान भइरहेको पौडेलले बताए । –रासस–

salt training

कमेन्ट गर्नुहोस्