०२ साउन २०८३, शनिबार

चार प्रदेशमा मध्यम वर्षाको सम्भावना

असोज २, २०८०
काठमाडौं
चार प्रदेशमा मध्यम वर्षाको सम्भावना

आज (मंगलबार) देशभरको मौसम बदली रहनेछ । दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानमा र बाँकी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। 

salt training

कमेन्ट गर्नुहोस्