असोज १२, २०८०
नेकपा (एमाले) बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । बिहान साढे ११ बजे शुरू हुने भनिएको मतदान साढे १ बजे शुरू भएको हो । यसअघि आजै बिहान ८ बजेदेखि शुरू हुने भनिएको...
काठमाडाैं | असोज २, २०८०
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग भेटघाट गरेका छन् । भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चा चलिरहेका बेला महासचिव पोखरेलले भेटेका हुन् ।
पोखरेल हालै चीन भ्रमणबाट फर्केका थिए । लुम्बिनी प्रदेश अधिवेशन उद्घाटनकै दिन भदौ १६ मा चीन भ्रमणमा गएका पोखरेलले नेपाल फर्किएलगत्तै पूर्व राष्ट्रपति भण्डारीसँग भेट गरेका हुन् । भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
पोखरेल स्वयंले चीन भ्रमणपछि भण्डारीसँग भेट भएको फोटो सार्वजनिक गरेका हुन् । चीन भ्रमणपश्चात पूर्व राष्ट्रपतिज्यूसँगको भेटघाट’ भण्डारीसँगको फोटो सार्वजनिक गर्दै पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।
पूर्व राष्ट्रपतिका स्वकीय सचिव राजकुमार राईले सोमबार मध्याह्नतिर भेटघाट भएको जानकारी दिए । ‘पूर्व राष्ट्रपतिलाई पछिल्लो केही दिनयता सन्चो थिएन । अलि सन्चो भएपछि सोमबार मध्याह्न एमाले महासचिवसँग भेट गर्नुभएको हो,’ राईले लोकान्तसँग भने, ‘तर दुईजनाबीच मात्रै भेट भएकोले के कुरा भयो भन्नेबारे हामीलाई जानकारी भएन ।’
उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि पोखरेल भ्रमण छोट्याएर नेपाल फर्किएका थिए । नेपाल फर्किएलगत्तै सन्देश दिने हिसाबले पोखरेलले पूर्वराष्ट्रपतिलाई भेटेका हुन् ।
पोखरेलले यस्तो लेखेपछि शुभेच्छुकले एमालेको नेतृत्व परिवर्तन र कम्युनिस्टबीच एकता गर्न चीनले गरेको म्यासेज रिले गर्न भेटघाट गरेको हुन सक्ने टिप्पणी गरेका छन् । कतिपयले अब एमालेको अध्यक्ष केपी ओलीको विकल्प खोज्न पनि सुझाएका छन् ।
नेकपा (एमाले) बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । बिहान साढे ११ बजे शुरू हुने भनिएको मतदान साढे १ बजे शुरू भएको हो । यसअघि आजै बिहान ८ बजेदेखि शुरू हुने भनिएको...
प्यानल बनाए उम्मेदवारी नै खारेज गर्ने अध्यक्ष केपी शर्मा ओलीको चेतावनीबीच एमाले बागमती प्रदेश कमिटीमा प्यानलगत प्रतिस्पर्धा देखिएको छ । सहमति जुटाउने भन्दै चार दिनसम्म अड्काए पनि अध्यक्षका उम्मेदवारद्वय कृष्णप्रसाद...
नेकपा (एमाले) बाग्मती प्रदेश अधिवेशन पाँच दिनदेखि जारी छ । नेतृत्व चयनका लागि सहमति हुन नसकेपछि केही बेरमा निर्वाचन हुने तयारी छ । अध्यक्षका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल चुनावी ...
नेकपा (एमाले) बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि अझै मतदान शुरू हुन सकेको छैन । बिहान साढे ११ बजे शुरू हुने भनिएको मतदान साढे १ बज्दासमेत शुरू हुन सकेको छैन । यसअघि आजै बिहान ८ बज...
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति भएको छ । आज शिक्षा मन्त्रालयमा भएको सहमतिमा शिक्षा मन्त्री अशोक राई र संर्घष समितिको तर्फबाट खेम अधिकारी लगायतले हस्ताक्षर गरेका छन् । आन्दोलनरत शिक्षकको म...
पूर्व अरनिको यातायात प्रा.लि.ले जडिबुटीमा बनाएको बसपार्क नभत्काउन उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । महानगरलाई विपक्षी बनाएर पूर्व अरनिको यातायात प्रा.ल...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...