असोज १२, २०८०
नेकपा (एमाले) बाग्मती प्रदेश अधिवेशन पाँच दिनदेखि जारी छ । नेतृत्व चयनका लागि सहमति हुन नसकेपछि केही बेरमा निर्वाचन हुने तयारी छ । अध्यक्षका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल चुनावी ...
काठमाडाैं | असोज २, २०८०
पुनमदेवी महतो कोइरी भदौ २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगलको गेटमा बसेर कार्यालय प्रमुख टेकराज पाण्डेलाई कुरिरहेकी थिइन् । काखमा दूधे बालक थिए ।
महोत्तरीको भंगाहा नगरपालिका– १ बिर्ताबाट देवर विनोदकुमार महतो कोइरीलाई साथमा लिएर काठमाडौं आएकी रहिछन् । पुनमदेवी यसरी काठमाडौं धाएको पहिलोपटक हैन, १० पटक भइसकेछ ।
गाडीबाट सिधै सिनामंगल ओर्लेकी उनी कार्यालय प्रमुख आउने प्रतीक्षा गरेर गेटमा कुरिरहेकी थिइन् । करीब १० बज्नै लाग्दा प्रमुख भन्सारक पाण्डे आइपुगे । पुनमदेवी पनि पाण्डेको कार्यकक्षतर्फ लागिन् ।
पाण्डेको कार्यकक्ष अगाडि सचिवालयमा पुगेर भेटका लागि नाम टिपाइन्, तर ४ घण्टा कुर्दा पनि उनको पालो आएन । विभिन्न व्यक्ति आए, गए । खाजा खाने समयसम्म पनि उनलाई बोलाइएन ।
कहिले यता, कहिले उता गर्दै भौँतारिएकी पुनमदेवीलाई कसैले वास्ता गरेनन् ।
त्यसपछि दिउँसो करीब ३ बजे रुँदै उपसचिव नारद गौतमको कार्यकक्षमा छिरिन् । गौतमले सान्त्वना दिने प्रयास त गरे, तर काम हुने कुरा गरेनन् । त्यहाँ पनि उनी निराश नै भइन् ।
कुरा रहेछ, अघिल्लो दशैंताकाको । कतारमा काम गर्ने उनका श्रीमान प्रमोद महतो कोइरी दशैंको १० दिनअगाडि कतारबाट नेपाल आएका थिए । विश्वकप फूटबलका कारण कम्पनीले ३ महिना बिदा दिएको थियो ।
विदेश जाँदा श्रीमतीको ३ तोला गहना बेचेर गएका उनले फर्किँदा श्रीमती र आमाका लागि भनेर ५० ग्राम (साढे ४ तोला) सुन ल्याएका रहेछन् ।
‘विदेश जाँदा बेचेको सुन फिर्ता गर्छु भनेर मलाई ३ तोला र आमालाई २ तोला सुन ल्याइदिनुभएको थियो,’ पुनमदेवीले लोकान्तरसँग भनिन् ।
तत्कालीन समयमा पुरुषले पनि विदेशबाट ५० ग्रामसम्म सुन ल्याउन पाउने व्यवस्था थियो । भन्सारले चेकजाँच गरेर छाडिसकेपछि प्रहरीले उनलाई पक्राउ गर्यो ।
‘भन्सारले केही भनेन, त्यहाँबाट निस्केपछि एउटा प्रहरीले हातमा किन लगाएको, गोजीमा हाल भनेपछि उहाँले हाल्नुभएको रहेछ । बाहिर ट्याक्सी कुर्ने ठाउँमा आएपछि अर्को प्रहरीले गोजीमा चेक गरेर तस्कर भन्दै समाएछ,’ पुनमदेवीले गुनासो पोखिन् ।
उनका अनुसार प्रहरीले ४ दिन प्रहरी वृत्त गौशालामा राखेपछि प्रमोदलाई भन्सार कार्यालय सिनामंगलमा बुझाएको थियो । त्यसपछि मात्र घरमा फोन सम्पर्क भएको थियो ।
धरौटीको पैसा राख्नका लागि पुनमदेवीका देवर अर्थात प्रमोदका भाइ विनोदकुमार महतो कोइरीले ‘सानाकिसान’बाट जग्गा धितो राखेर ४ लाख रुपैयाँ निकालेको बताए ।
‘दाइले मलाई प्रहरीले समायो, धरौटीका लागि ४ लाख रुपैयाँ चाहियो भनेपछि साना किसानबाट ऋण खोजेर धरौटी तिरेका हौं,’ विनोदले लोकान्तरसँग भने ।
त्यसयता विनोद र पुनमदेवी भन्सार कार्यालय धाएकोधायै छन् ।
आफूहरू १० पटक तारेखमा आइसकेको विनोदले बताए । शुरूमा दाजुले तारेख धाएको र पछि आफूलाई वारेस बनेर तारेख धान्ने अनुमति दिइएको उनले बताए ।
तत्कालीन भन्सार प्रमुख अरुण पोखरेलले प्रमोदलाई विदेश जान अनुमति दिएपछि २०७९ साल माघ महिनादेखि हरेक महिना तारिख धाउन विनोद आइरहेका छन् ।
‘मेरा परिवारले तारिख बोक्न पाउँछन् कि पाउँदैनन् ? भन्दा पोसपोर्ट दिन्छु, निवेदन देऊ भनेपछि दाजुले निवेदन दिएर अनुमति पाएपछि विदेश जानुभएको थियो,’ विनोदले लोकान्तरसँग भने ।
त्यो समयमा अरुण पोखरेलले धेरै तारिख बोक्नुनपर्ने र मुद्दा पनि जिताइदिने भन्दै तारिख दिइरहेका थिए ।
‘तिमीहरू मुद्दा जित्छौ, म जाने बेलामा फैसला गर्दिन्छु भनेर अरुण सरले भन्नुभएको थियो,’ विनोदले भने, ‘तर केही नगरी जानुभयो ।’
तर, अहिले कुरा फेरिएको छ । उनका अनुसार अहिलेका प्रमुख भन्सारक पाण्डेले ‘तिमीहरूले मुद्दा पनि जित्दैनौं, तारिख पनि दिँदैनौं’ भन्ने गरेका छन् ।
‘हामीले पाण्डे सर (टेकराज पाण्डे)लाई मुद्दा टुंगो लगाइदिनुपर्यो भन्दा तिमीहरूले मुद्दा जित्दैनौ भनेर फकाउनुहुन्छ, न त तारेख नै दिनुहुन्छ,’ उनले गुनासो गरे ।
भन्सार कार्यालयका कर्मचारीले त्यो समयमा सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा गएकाले ल्याएको सुन भन्सारले राख्न नपाउने फैसला गरेकाले जिताइदिने कुरा गरेको बताए ।
‘अदालतले फैसला गरेको थियो, त्यसैले जिताइदिन्छु भन्नुभएको होला, तर अहिले त्यस्तो अवस्था छैन,’ एक कर्मचारीले लोकान्तरसँग भने ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका प्रवक्ता नारद गौतमले उनीहरू तारिख लिन आइरहेको तर, त्यो समयमा प्रहरीले बुझाएको केस भएकाले सजिलै फैसला हुन नसक्ने अवस्था रहेको बताए ।
‘उहाँहरूको केस जित्ने अवस्था छैन, तर फैसला गर्न ढिला भएको चाहिँ हो,’ गौतमले लोकान्तरसँग भने, ‘अब छिट्टै फैसला हुन्छ होला ।’
तत्कालीन प्रमुख अरुण पोखरेलले मुद्दा जिताउने भनेर बोल्न नमिल्नेमा बोलेका कारण अहिले समस्या भएको अर्का एक कर्मचारीले बताए ।
‘मुद्दा फैसलाको विषय सुनुवाइ हुनुभन्दा अगाडि बोल्न मिल्दैन, तर उहाँले बोल्नुभएका कारण समस्या भएको हो,’ ती कर्मचारीले लोकान्तरसँग भने, ‘त्यसैका कारणले उहाँ (पुनमदेवी)हरूले आश गरेर बस्नुभएको छ, तर फैसला उहाँहरूको पक्षमा आउने देखिँदैन ।’
हरेकपटक आउँदा केही नभनी तारेख मात्र बोकाउने गरिएको विनोदको गुनासो छ । उनले आफूहरूलाई पटक–पटक बोलाउँदा आर्थिक भार थपिएर समस्या भएको बताए ।
‘अहिलेसम्म प्रत्येक महिना आउँदा १ लाख ५० हजार खर्च भएको छ, अझ धेरैपटक आउनुपर्यो भने झन् समस्या हुन्छ,’ विनोदले गुनासो पोखे ।
आफूहरूलाई अनावश्यक दुःख दिइएको र पटकपटक काठमाडौं धाउन बाध्य पारिएको उनको दुःखेसो छ ।
नेकपा (एमाले) बाग्मती प्रदेश अधिवेशन पाँच दिनदेखि जारी छ । नेतृत्व चयनका लागि सहमति हुन नसकेपछि केही बेरमा निर्वाचन हुने तयारी छ । अध्यक्षका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल चुनावी ...
पाँच दिनदेखि राजधानी काठमाडौंमा जारी नेकपा एमाले बाग्मती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि हुने भनिएको मतदान अझै शुरू भएको छैन । पछिल्लो पटक संशोधित निर्वाचन कार्यतालिका अनुसार शुक्रबार बिहान साढे ११ बज...
उत्तरी छिमेकी देश चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रवार दिउँसो छेन्दू पुगेका छन् । उनलाई छेन्दूमा सिचुवान प्रान्तका भाइस गभर्नर याङ सिङपिङ र प्रान्तीय सरकारका डेपुटी सेक्रेटरी ...
प्यानल बनाए उम्मेदवारी नै खारेज गर्ने अध्यक्ष केपी शर्मा ओलीको चेतावनीबीच एमाले बागमती प्रदेश कमिटीमा प्यानलगत प्रतिस्पर्धा देखिएको छ । सहमति जुटाउने भन्दै चार दिनसम्म अड्काए पनि अध्यक्षका उम्मेदवारद्वय कृष्णप्रसाद...
नेकपा (एमाले) बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि अझै मतदान शुरू हुन सकेको छैन । बिहान साढे ११ बजे शुरू हुने भनिएको मतदान साढे १ बज्दासमेत शुरू हुन सकेको छैन । यसअघि आजै बिहान ८ बज...
नेकपा (एमाले) वाग्मती प्रदेशको अधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका फेरबदल गरिएको छ । बिहान ८ बजे हुने भनिएको मतदान साढे ११ बजेमात्रै शुरू हुने भएको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...