०८ साउन २०८३, शुक्रबार

चिनियाँ राष्ट्रपतिको सन्देश, हामी नेपालको स्थिरताको पक्षमा छौं

कात्तिक २०, २०७४
 चिनियाँ राष्ट्रपतिको सन्देश, हामी नेपालको स्थिरताको पक्षमा छौं

काठमाडौं, ४ असोज– छिमेकी राष्ट्र चीनले नेपालको स्थिरताको पक्षमा रहेको बताएको छ । संविधान दिवसका अवसरमा बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाएको शुभकामना सन्देशमा चिनियाँ राष्ट्रपति सी चिन फिङले चीन नेपालको राजनीतिक स्थिरता र आर्थिक विकासको पक्षमा रहेको बताएका हुन् ।

‘नेपालले राष्ट्रिय स्थिरताको सुनिश्चितताका लागि गरेको प्रयास र आर्थिक विकासको प्रवर्द्धनमा चीनको समर्थन रहनेछ,’ सीको भनाइ उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

संविधान जारी गरेको दुई वर्षमा नेपालले गरेको तीव्र आर्थिक विकास र राजनीतिक एजेन्डा कार्यान्वयनमा भएको उत्साहजनक प्रगतिप्रति पनि चीनले खुशी व्यक्त गरेको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपति भण्डारीलाई शुभकामना सन्देश पठाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्