
कपिलवस्तुमा बुबाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वाणगंगा नगरपालिका ८ पुलचोक बस्ने २६ वर्षीय विकास परियार रहेका छन् ।
६० वर्षीय बुबा बलबहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा उनलाई सोमवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घरायसी विवादका क्रममा विकासले चिर्पट प्रहार गर्दा बलबहादुर गम्भीर घाइते
भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।