×

Dabur
MG

कर्मचारी अभावले हुम्लामा इलाका प्रशासन कार्यालय बन्द, सेवाग्राहीले नागरिकता बनाउनसमेत पाएनन्

हुम्ला | असोज २, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

नागरिकतामा हस्ताक्षर गर्ने कर्मचारी नभएपछि हुम्लाको मध्य भेगमा रहेको सर्केगाड इलाका प्रशासन कार्यालय बन्द भएको छ । लामो समयदेखि कार्यालय बन्द भएपछि नागरिकताका लागि आउने ताँजकोट, अदानचुली, चङ्खली र सर्केगाड गाउँपालिकाका सेवाग्राही मर्कामा परेका छन् । 

yONNEX
Sagarmatha Cement

लामो बाटो काटेर इलाका प्रशासन कार्यालय पुगेका सेवाग्राही रित्तो हात घर फर्कन बाध्य भएका छन् । कार्यालय बन्द हुँदा नागरिकले नागरिकता बनाउनसमेत पाएका छैनन् । कार्यालयमा नागरिकता बनाउन जाँदा कोही नभएकाले  आफूहरू समस्यामा परेको अदानचुली गाउँपालिका–२ तुम्च गाउँका भक्त कुलालले गुनासो गरे । भाइबुहारीको नागरिकता बनाउन नपाउँदा आफूहरूलाई समस्या भएको उनको भनाइ थियो । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

तुम्च गाउँबाट झन्डै ९ घण्टा हिँडेर सर्केगाड आइपुगेका सेवाग्राहीलाई कार्यालयमा कर्मचारी नहुँदासास्ती खेप्नु परेको कुलालले बताए । कर्मचारी नभएर नागरिकता वितरण बन्द भएको हो भने नागरिकलाई सार्वजनिक सूचना जारी गर्नुपर्ने हो तर, त्यो पनि नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ । 'बच्चासहित नागरिकता बनाउन आएकी मेरी भाइबुहारीले नागरिकता बनाउन पाइनन् । अब दुई दिनको पैदलै सिमकोट पुग्नुपर्ने भयो,' उनले भने । 


Advertisment
Kumari
Saurya island
Pardeshi

गाउँबाट गाउँपालिका केन्द्रमा रहेको इलाका प्रशासनमा पुग्दा कम्तीमा पनि दुई–तीन हजार खर्च हुने गर्दछ तर, पनि कर्मचारी नहुनु सरोकारवाला निकायको लापरबाही भएको हो । जसका कारण नागरिकतासमेत नबन्दै घर फर्कनु परेको गुनासो स्थानीयवासीको थियो ।  

Vianet communication
Laxmi Bank

सदरमुकाम सिमकोट पुग्न दुई–तीन दिन लाग्छ । पहिरोले भत्काएको बाटो सहज छैन । विकल्पमा इलाका प्रशासन भए पनि कुनै काम हुँदैन, स्थानीयवासी दन्तराज कटुवालको दुखेसो व्यक्त गरे । उक्त कार्यालयका लागि गाउँपालिकाबाट सिफारिस ल्याएका उनले सिमकोटबाट नागरिकता लिन पुनः अर्को सिफारिस चाहिने भएकाले कार्यालयप्रति आक्रोश व्यक्त गरे ।

नागरिकता बनाउन सर्केगाड पुगेर खाली हात घर फिर्ता भएका ताजाँकोट गाउँपालिका–३ मासपुर गाउँका केशबहादुर रोकायाले पनि गुनासो गर्दै  इलाका प्रशासन कार्यालयबाट नागरिकता बन्छ भनेर सर्केगाड पुग्दा कार्यालय बन्द भएकाले खर्च मात्रै भएको बताए । 

प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलका अनुसार कार्यालयका कामु प्रमुख भीमबहादुर रोकायाको काज अवधि गत साउन १६ गते सकिएपछि हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीलाई इलाका कार्यालय खटाइएको थियो । उनले भदौ १ देखि ७ गतेसम्म सर्केगार्ड बसेर छवटा नागरिकता बनाए जिल्ला फिर्ता भएपछि थप समस्या उत्पन्न भएको छ ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ६, २०८०

बर्दियाको मधुवन नगरपालिका–३ खातामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीया भदैया थारू रहेकी जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्या...

असोज ६, २०८०

 काठमाडौँ महानगरपालिकाको श्रम बैंकमा चार सय आवेदन परेको छ । गत भदौ पहिलो साता कामपाले सीप भएका तर रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन माग गरेको सूचनाअनुसार हालसम्म चार सय आवेदन परेको कामप...

असोज ६, २०८०

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षकसँग भएको सहमति कार्यान्वयन सांसदहरूको हातमा रहेको बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई) को २० औं वार्षिकोत्सवका अवसरमा आज आयोजित का...

असोज ६, २०८०

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले गैरसरकारी सङ्घसंस्थाहरूले दिगो विकासका लक्ष्यअनुसार कार्यक्रम तर्जुमा गर्नुपर्ने बताएका छन् । समाजकल्याण परिषद्‌द्वारा आज आयोजित ४४औं सामाजिक स...

असोज ६, २०८०

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले लेखापढी व्यवसायलाई मर्यादित बनाउन आग्रह गरेकी छन् ।  नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आज चितवनको भरतपुरमा आयोजित सातौँ राष्ट्रिय परि...

असोज ६, २०८०

ललितपुर– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार गरिएको छ  ।  उद्धार गरिएका किशोरीलाई मन्त्री निवास पुल्चोकमा आज स्वागत गर्दै ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x