×

Dabur
MG

नगर प्रहरी कुट्ने नेताका छोरालाई उन्मुक्ति, उल्टै ३ जना नगर प्रहरीको जागिर गयो

विराटनगर | असोज २, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

विराटनगर महानगरपालिकाले तीनजना नगर प्रहरीलाई जागिरबाट बर्खास्त गरेको छ । नगर प्रहरी हवल्दार रमेश निरौला तथा जवानहरू विक्रम श्रेष्ठ र बब्लु केशरीलाई महानगरपालिकाले जागिरबाट हटाएको हो । 

yONNEX
Sagarmatha Cement

नगर प्रहरीले विराटनगर ७ स्थित कोशी अस्पतालअगाडि रहेकाे स्नेहा फार्मेसीका सञ्चालक तथा जनता समाजवादी पार्टी (जसपा) मोरङका अध्यक्ष राजकुमार यादवलाई हातपात गरेको भन्दै महानगरपालिका प्रमुख (मेयर) नागेश कोइरालाले तीनजना नगर प्रहरीलाई सोमवारबाट लागू हुने गरी जागिरबाट हटाएका छन् ।  


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

गत भदौ २७ गते साढे ४ बजे विराटनगर महानगरपालिका क्षेत्रमा ट्राफिक व्यवस्थापन कार्यका लागि खटिएका नगर प्रहरी र यादवबीच पार्किङको विषयलाई लिएर विवाद भएको थियो । औषधि पसलअगाडि ‘नो पार्किङ’मा रोकेको सिटी सफारीमा नगर प्रहरीले ह्विललक गरेपछि यादवले लक खोल्न नगर प्रहरीलाई दबाब दिएका थिए । 


Advertisment
Kumari
Saurya island
Pardeshi

सफारी चालकले यादवसँग नगर प्रहरीले लक नखोलिदिएको भनेर गुनासो गरेपछि चाँडै लक खोलिदिन भन्दै दबाब दिएका थिए । त्यसपछि नगर प्रहरीले यादवलाई वडा प्रहरी कार्यालय विराटनगर लगेका थिए । 

Vianet communication
Laxmi Bank

वडा प्रहरीमा छलफल हुँदा यादवका छोरा आशिष यादवले नगर प्रहरी विक्रम श्रेष्ठमाथि  हातपात गरेका थिए । तर, नगर प्रहरी श्रेष्ठमाथि हातपात गर्ने यादवलाई अहिलेसम्म कुनै कारबाही भएको छैन । एकै प्रकृतिको घटना हुँदा तीनजना नगर प्रहरीको जागिर खाइदिने मेयर कोइरालाले नगर प्रहरीमाथि हातपात गर्ने यादवलाई भने कारबाही गर्ने प्रक्रियासमेत अगाडि बढाउन नसक्दा नगर प्रहरीहरू असन्तुष्ट बनेका छन् । 

भदौ ३१ गते महानगरमा भएको छलफलमा छानबिन गरी आवश्यक कारबाही गर्ने अख्तियारी मेयर कोइराला दिइएको थियो । त्यसैका आधारमा कोइरालाले तीनजना नगर प्रहरीलाई जागिरबाट हटाएका हुन् । यसको जानकारी महानगर स्वयम्ले विज्ञप्ति जारी गर्दै जनाएको छ । 


 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ६, २०८०

दाङको तुलसीपुरमा शनिवार खुकुरी प्रहारबाट महिलाको हत्या भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुराकी ४३ वर्षीया रिता लामिछानेको हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादु मल्लले जा...

असोज ४, २०८०

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत जाने भएका छन् । 'इण्डो–प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्स'मा सहभागी हुन उनी असोज ७ गते भारतको राजधानी नयाँ दिल्ली जान लागेको सेनाले जनाएको छ ।&nbs...

असोज ४, २०८०

बाँकेको नेपालगन्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् ।  जहाजमा काठमाडौं जाने तयारीमा रहेका भारतको मध्य प्रदेशका उनीहरूलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको...

असोज ५, २०८०

सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख रुपैयाँभन्दा बढीको नक्कली नेपाली नोटसहित पक्राउ परेका दुई जनालाई शुक्रबार सार्वजनीक गरिएको छ ।  पक्राउ पर्नेमा सङ्खुवासभा पाँचखपन नगरपालिका–५ का विवेक ...

असोज ६, २०८०

ललितपुर– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार गरिएको छ  ।  उद्धार गरिएका किशोरीलाई मन्त्री निवास पुल्चोकमा आज स्वागत गर्दै ...

असोज ४, २०८०

तस्करीमा साँठगाँठ देखिएपछि पक्राउ परेका सुनचाँदी व्यवसायी शिवकुमार सर्राफले नेपालका सुनचाँदी व्यवसायीलाई प्रतितोला ५ हजार सस्तोमा सुन उपलब्ध गराउने भन्दै १ अर्ब रुपैयाँ उठाएका खुलेको छ । ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x