०८ साउन २०८३, शुक्रबार

विराटनगरमा फेरि ‘कोशी’विरुद्धको आन्दोलनः इटहरीदेखि मोटरसाइकल र्‍याली, महेन्द्र चौकमा प्रदर्शन  [तस्वीरहरू]

असोज २, २०८०
विराटनगर
विराटनगरमा फेरि ‘कोशी’विरुद्धको आन्दोलनः इटहरीदेखि मोटरसाइकल र्‍याली, महेन्द्र चौकमा प्रदर्शन  [तस्वीरहरू]
तस्वीरहरूः उत्तम पोखरेल/लोकान्तर ।

कोशी प्रदेशको नामकरणसँग असन्तुष्ट जनाउँदै आएका पहिचान पक्षधरहरूले आज मंगलवार विराटनगरमा विरोध प्रदर्शन गरेका छन् ।

सुनसरीको इटहरीदेखि मोटरसाइकल र्‍यालीसहित प्रदेश राजधानी रहेको मोरङको विराटनगर आएका पहिचान पक्षधरहरूले अहिले महेन्द्र चौकमा विरोध प्रदर्शन गरिरहेका छन् । 

उनीहरूले ‘कोशी नाम खारेज गर’, ‘मुख्यमन्त्री राजीनामा दे’लगायतका नारा लगाएर विरोध जनाइरहेका छन् ।

जिल्ला प्रशासन कार्यालयले भने सोमवारदेखि विराटनगर महानगरपालिकाका केही स्थानलाई २ महिनासम्म निषेधित क्षेत्र तोकेको छ ।

प्रदेशसभा पूर्वमा रहेको देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म निषेधित क्षेत्र तोकिएको छ ।

यस्तै रोडशेष चौकदेखि दक्षिण जतुवा चौक क्षेत्र, मुख्यमन्त्री निवासको ३ सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयबाट ३ सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालयको डाँफे चौकदेखि पूर्वतर्फलाई निषेधित क्षेत्र तोकिएको छ ।

वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीकै नेत्तृत्वमा गत पुस १७ गते प्रदेशसभाले प्रदेशको नामकरण गरेकाे थियो । त्यसपछि आन्दोलन भइरहेको छ । बीचमा केही समय सुस्ताएको आन्दोलन फेरि शुरू भएको हो ।

प्रदेशमा आफ्नो नेत्तृत्वको सरकार हुँदा नेकपा (माओवादी केन्द्र)ले आन्दोलन चर्काउने गरेको आरोप नेकपा (एमाले)ले लगाउँदै आएको छ । हुन पनि मुख्यमन्त्रीमा फेरि कार्कीले नै बहाली गरेलगत्तै पहिचानको आन्दोलन चर्किएको छ ।  

हेरौं तस्वीरहरू: 

nullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्