
न्युयोर्क–परराष्ट्रमन्त्री एनपी साउदले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको बताएका छन् ।
मङ्गलवार आणविक परीक्षण प्रतिबन्ध सन्धिका (सीटीबीटीओ)का कार्यकारी सचिव रोवर्ट फलोइडसँगको भेटघाटका अवसरमा उनले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको स्पष्ट पारेका हुन् ।
परराष्ट्रमन्त्री साउदले आणविक परीक्षण प्रतिबन्ध लगाउने विषयमा नेपालको प्रतिबद्धता रहेको जानकारी गराएका छन् ।
७८औँ राष्ट्रसङ्घीय महासभामा अमेरिकाको न्युयोर्क आएका परराष्ट्रमन्त्री साउदले भेटघाटलाई तीव्रता दिएका छन् । –रासस–